पर्यटन बर्षको पूर्वसन्ध्यामा पर्यटक आवागमनमा बृद्धि

पर्यटन बर्षको पूर्वसन्ध्यामा पर्यटक आवागमनमा बृद्धि

पुष ७, काठमाडौं ।
सरकारले २०२० मा २० लाख पर्यटक भित्राउने लक्ष्यसहित प्रचारात्मक कार्यक्रमहरुलाई तिव्रता दिएको छ । प्रचारसँगै नेपालतीर पर्यटनको ध्यान केन्दित हुन थालेको छ । भ्रमण वर्ष लक्षित कार्यक्रम अन्र्तगत पर्यटक सेवा प्रदायक संघ सस्थाहरुले विभिन्न छुट, सुविधा दिएपछि पर्यटक आवागमनमा बृद्धि भएको हो । यस्ले पर्यटक आवागमनलाई थप टेवा दिएको छ । अध्यागमन विभागको पछिल्लो तथ्याङ्क अनुसार सन् २०१९ को नोभेम्बरमा मात्र १ लाख २३ हजार २ सय ६७ विदेशी पर्यटक नेपाल घुम्न आएका छन् ।
अघिल्लो वर्ष २०१८ को सोही अवधिको तुलनामा २४ हजार ७ सय १९ बढी पर्यटकले नेपाल घम्न आएका थिए । नोभेम्बरमा सबैभन्दा धेरै चीनबाट १५ हजार ३ सय ७ पर्यटक नेपाल आएका छन् । अघिल्लो वर्षको तुलनामा २ हजार ३ सय ६३ बढी चिनियाँले नेपाल घुमेका हुन् । यस्तै नेपाल घुम्न आउने दोस्रो मुलुकमा भारत छ । अघिल्लो वर्षको तुलनामा २ हजार ७ सय ८२ ले बढेर १५ हजार १ सय ८८ पर्यटक आएका छन् ।

यस्तै डिसेम्बरमा ९८ हजार आन्त्रिक पर्यटकले विभिन्न स्थानहरुको अवलोकन गरेको विभागको तथ्याङ्क छ ।