April 13, 2021, Tuesday
३१ चैत्र २०७७, मंगलवार

गाउँपालिका अध्यक्ष शाही अपहरणमुक्त

गाउँपालिका अध्यक्ष शाही अपहरणमुक्त

०७ पौष, २०७६, काठमाण्डौ । गत शनिवार राति अपहरणमा परेका दैलेख ठाँटीकाँध गाउँपालिकाका अध्यक्ष धीरबहादुर शाही अपहरणमुक्त भएका छन् । अध्यक्ष धीरबहादुर शाहीलाई प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा कार्यकर्ताको कब्जाबाट १९ घन्टापछि मुक्त गरीएको हो ।
अपहरणकारीले एउटा घरमा लुकाउँदै गर्दा सशस्त्र र नेपाल प्रहरीको संयुक्त टोलीले हवाईफायर गरेपछि अपहरणकारी शाहीलाई छाडेर भागेका थिए ।
शनिबार राति १२ः३० बजे ठाटीकाँध गाउँपालिका–२ स्थित श्रीपाटास्थित घरमा सुतेको अवस्थामा नेकपा कार्यकर्ताले ‘तपाईंहरूसँग विशेष कुराकानी छ’ भन्दै श्रीमती इला मल्ल शाहीलाई समेत लिएर अज्ञात स्थलतर्फ लगेका थिए । पत्नी इलालाई भर्ता भन्ने ठाउँमा पुर्याएपछि छाडिदिएका थिए ।
अपहरणकारीकाृ खोजी कार्य भइरहेको प्रहरीले वताएको छ ।