April 18, 2021, Sunday
५ बैशाख २०७८, आईतवार

उन्नति लघुबित्तको पाचौँ साधारणसभा पौष २९ गते

उन्नति लघुबित्तको पाचौँ साधारणसभा पौष २९ गते

०७ पौष, २०७६, काठमाण्डौ । उन्नति लघुबित्त वित्तीय संस्थाको पाँचौ बार्षिक साधारणसभा पुस २९ गते रुपन्देहिको भैरहवास्थित होटल पौवामा हुने भएको छ ।
साधारणसभामा गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई वितरण गर्ने भनी प्रस्ताव गरिएको कुल ४०.६३ प्रतिशत लाभांश अनुमोदन हुनेछ । प्रस्तावित लाभांशमा चुक्तापुँजीको ३८.६० प्रतिशत बोनस सेयर र २.०३ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) रहेको छ ।
सभामा सहकार्य लघुबित्त बित्तीय सस्ंथाको मजर प्रक्रीया पनि अघाडि बढ्नेछ । सेयर अनुपातअनुसार सहकार्यको १०० कित्ताबराबर उन्नतिको ७५ कायम हुने प्रस्ताव पारित हुनेछ । सभाले दुबै लघुबित्तको लेखापरिक्षण नियुक्त गरि पारिश्रमिक निर्धारण गर्नेछ् । मर्ज भएपछि कायम हुने चुक्तापुँजीको १ः१ अनुपातमा हकप्रद सेयर जारी गर्ने प्रस्ताव पनि सभाले पारित गर्नेछ ।
वित्तीय संस्थाको अधिकृत पुँजी ६० करोड रुपैयाँ, जारी पुँजी २९ करोड ९० लाख ७३ हजार ३०० रुपैयाँ र चुक्तापुँजी २९ करोड ९० लाख ७३ हजार ३०० सम्म वृद्धि गर्ने विशेष प्रस्ताव पनि सभाले पारित गर्नेछ । आपसमा गाभिएपछि बन्ने वित्तीय संस्थाको नाम उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेड रहने र केन्द्रीय कार्यालय रुपन्देहीको सिद्धार्थनगर नगरपालिकामा रहने प्रस्ताव अनुमोदन हुनेछ ।
साधारणसभा र लाभांश प्रयोजनका लागि उन्नति लघुवित्तले पुस १५ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । यसको अर्थ पुस १४ गतेसम्म कायम सेयरधनीहरुमात्र संस्थाको साधारणसभा र लाभांश प्राप्तिका लागि योग्य हुनेछन् ।