April 18, 2021, Sunday
५ बैशाख २०७८, आईतवार

झापाका तिलक बहादुर कार्कीले जिते स्ट्राइकर मोटरसाइकल

झापाका तिलक बहादुर कार्कीले जिते स्ट्राइकर मोटरसाइकल

०७ पौष, २०७६,काठमाण्डौ । अन्नपूर्ण पोस्ट्ले सञ्चालन गर्दै आएको ‘उज्ज्वल भविष्य, उपहार जितिन्छ अवश्य’ वार्षिक ग्राहक योजनाअन्तर्गत आइतबार झापाका तिलकबहादुर कार्कीले स्ट्राइकर मोटरसाइकल प्राप्त गरेका छन् ।
अन्नपूर्णको मासिक ‘लक्की ड्र’ अन्तर्गत कार्कीले उक्त मोटरसाइकल प्राप्त गरेका हुन् । कार्कीलाई एक कार्यक्रमका बीच कर्पोरेट स्ट्राटजी, ब्राण्ड तथा वितरण विभाग प्रमुख प्रनिल अर्यालले मोटरसाइकलको साँचो हस्तान्तरण गरे ।
कार्कीले खुशी व्यक्त गर्दै कहिल्यै नसोचेको चिज प्राप्त गरेको वताएका छन् ।