June 20, 2021, Sunday
६ असार २०७८, आईतवार

युनाइटेड फाइनान्स को २३औं शाखा काठमाडौँको गोठाटारमा

युनाइटेड फाइनान्स को २३औं  शाखा काठमाडौँको गोठाटारमा

०७ पौष, २०७६,काठमाण्डौ । युनाइटेड फाइनान्सले गोठाटारमा आफ्नो २३ औं शाखा सञ्चालनमा ल्याएको छ ।
गोठाटार शाखाको उद्घघाटन फाइनान्सका अध्यक्ष बसन्तकुमार चौघरी तथा कागेश्वरी मनहरा नगरपालिकाका मेयर कृष्ण हरि थापाबाट एक कार्यक्रमका बीच गरेका थिए ।
युनाइटेड फाइनान्स पुँजी तथा शाखा सञ्जालका हिसावले देशको सबैभन्दा ठूलो फाइनान्स कम्पनी बन्न पुगेको छ । फाइनान्सले २०७६ असोज मसान्तसम्म करिब ६ अर्ब ७० करोड निक्षेप तथा ६ अर्ब १४ करोड कर्जा परिचालन गरेको छ ।
गत आर्थिक वर्षको मुनाफाबाट ३ प्रतिशत बोनस सेयर तथा ७.५६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्वीकृत भइसकेको पनि जनाएको छ ।