May 13, 2021, Thursday
३० बैशाख २०७८, बिहीबार

क्रिसमस आइसक्योः छुट्ला है निःशुल्क क्याप

क्रिसमस आइसक्योः छुट्ला है निःशुल्क क्याप

०७ पौष, २०७६ काठमाडौं । मोबाइलएप रिचार्जरले क्रिसमस अफर सार्वजनिक गर्दै डिसेम्बर २३ तारिख अर्थात पुस ७ गते सोमबार साँझ ३ बजेदेखि ४ बजेसम्मको अवधिमा रिचार्जर एपबाट क्रिसमस क्याप अर्डर गर्न सकिने वताएको छ ।
एप स्टोर तथा गूगल प्लेबाट रिचार्जरको एप डाउनलोड गर्न सकिने छ । त्यसरी क्याप अर्डर गर्दा २ वटा क्याप निःशुल्क पाइनेछ ।
गुगल प्ले तथा एप्पल बाट रिचार्जर डाउनलोड गरी एकाउण्ट खोले पछि प्रयोगकर्ताले १०० क्यास प्वाइन्ट पाउने छन् । यसरी आउने १०० क्यास प्वाइन्ट खर्चेर प्रयोगकर्ताले सोमबार एक घण्टाको अवधिमा दुई वटा क्रिसमस क्याप अर्डर गर्न सक्ने छन् । क्याप अर्डर गर्दा अरु शुल्क लाग्ने छैन ।
प्रयोगकर्ताले दरबारमार्ग स्थित मर्कन्टाइल प्लाजामा रहेको रिचार्जरको कार्यालयबाट क्याप संकलन गर्न सक्नेछन् ।