रहेनन् ‘छेक्यो, छेक्यो देउराली डाँडा’… गितकार

रहेनन् ‘छेक्यो, छेक्यो देउराली डाँडा’… गितकार

०७ पौष, २०७६ काठमाडौं । पचासको दशकमा नेपथ्य ब्याण्डको ‘छेक्यो, छेक्यो देउराली डाँडा हुस्सु र कुहिरोले’ लोक पप शैलीको गीत जनमानसमा यति छायो कि, बुढापाका देखी तन्नेरी सम्म सबैले यो गितलाई मनपराए ।
यसरी संगीत पारखीको मुखमुखमा झुण्डिने गितका सर्जक थिए, गीतकार सुक गुरुङ । ति नै सुक आज हामी माझ छैनन् ।
अरुण थापाले गाएको उनकै गीत ‘दोष कसैलाई दिन चाहन्न, पिउनेछु बरु आँखाको आँसू’ ले भनेजस्तै सुक कहिले आँसुमा डुबे त कहिले आफैंलाई दोष दिँदै जीवनसँगै पछुताए ।

राजु लामाले गाएको ‘भाइटीकामा भेट्न आउँला र बिदाइ छ आजलाई,’ गीत पनि उनै सर्जक सुकले नै लेखेका हुन् । यो गीत धेरैको मुखमै बस्यो । सुनेर धेरैका आँखा रसाए । गायक राजुलाई चर्चित बनाउन सुकको यो गीतले पनि भूमिका खेल्यो । तर उनका गीतले चर्चा परिचर्चा पाएपनी सुकको जिवनले भने सफलताको स्वाद लिन कहिले पाएन ।
मधुमेह र उच्च रक्तचापले थलिदा थलिदै सुक कहिल्यै नआउने गरी सुस्ताएका छन् ।