नरिवलको रक्सी सेवनबाट ११ जनाको मृत्यु, सैयौँ अस्पताल भर्ना

नरिवलको रक्सी सेवनबाट ११ जनाको मृत्यु, सैयौँ अस्पताल भर्ना

०७ पौष, २०७६ काठमाडौं । फिलिपिन्समा नरिवलबाट बनेको वाइन (रक्सी) सेवन गर्दा कम्तिमा पनि ११ जनाले ज्यान गुमाएका छन् । रक्सीकै कारण बिरामी भएका अरू सयौँ अस्पताल भर्ना भएका अधिकारीहरूले जनाएका छन् ।

राजधानी मनिलादेखि दक्षिणपूर्वी क्षेत्रमा पर्ने रिजाल भन्ने ठाउँमा उनीहरूले क्रिसमस पार्टीमा नरिवलको रक्सी सेवन गरेका थिए । बिरामी र मृतकले सेवन गरेको रक्सीमा ‘मेथनल’ भन्ने पदार्थ अत्यधिक भएकाले असर गरेको हुन सक्ने विश्वास गरिएको छ ।
फिलिपिन्समा ल्याम्बानोग निकै लोकप्रिय वाइन मानिन्छ । पर्व तथा विदामा अधिकांशले यही वाइन सेवन गर्छन् ।
गत वर्ष यही वाइन सेवन गर्दा २१ जनाले ज्यान गुमाएका थिए ।
घटनाबारे हाल अनुसन्धान भइरहेको छ । (एजेन्सी)