०७ पौष, २०७६ काठमाडौं । साताको दोस्रो दिन आज सोमबार सुनचाँदीको मूल्य बढेको छ ।
सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला ७१ हजार ९०० मा कारोबार भएको छ । यस्तै, तेजावी सुन प्रतितोला ७१ हजार ६०० मा कारोबार भएको छ ।
आइतबार तोलामा ७१ हजार ६०० रहेको सुनको मूल्य सोमबार ३०० ले बढेको महासंघले जनाएको छ ।
आइतबार तोलामा ८५५ मा कारोबार भएको चाँदी आज प्रतितोला ८६० मा कारोबार भएको छ ।