April 13, 2021, Tuesday
३१ चैत्र २०७७, मंगलवार

महानगरपालिकाको फोहोर ब्यवस्थापनकोे पाइलट पोजेक्स अलपत्र

महानगरपालिकाको फोहोर ब्यवस्थापनकोे पाइलट पोजेक्स अलपत्र

पुस , काठमाडौं ।
क्षणिक चर्चा बटुल्न मात्र प्रयोगमा आएका आयोजनाको प्रभावकारी कार्यान्वयन र दिर्घकालिन समस्या समाधान हुन नसक्दा महानगरपालिकाको पाइलट पोजेक्स अलपत्र पर्दे आएका छन् ।
भदौको पहिलो हप्ताबाट काठमाडौं महानगरपालिकाले जैविक र अजैविक फोहोर छुट्टाछुट्टै संकलन गरी फोहोर व्यवस्थापनको योजना बनाएको थियो । फोहोरको दीर्घकालीन व्यवस्थापनका लागि महानगरले ल्याएको यो योजना चार महिना बितिसक्दा समेत लागू हुन सकेकेको छैंन् । दैनिक झण्डै पाँचसय १६ मेट्रिक टन फोहोर उत्पादन हुने महानपाका १२, १८ र २१ नम्बर वडामा यो प्रोजेक्ट लागू गरिएकोमा कार्यान्वयन हुन नसकेको हो ।
त्यही चुनौतीसँग लड्न महानगरले गत भदौको पहिलो हप्ता देखि नयाँ नीति सार्वजनिक गरेको थियो । नयाँ नीति अनुसार घरमा उत्पादन हुने फोहोर कुहिने र नकुहिने गरी छुट्टाछट्टै उठाउने भनिएको थियो । तर पाइलट प्रोजेक्टका रुपमा काठमाडौं महानगरले घोषणा गरेको यो प्रोजेक्ट अलपत्र भएको हो ।
परीक्षणका लागि संचालिन पााइल प्रेजेक्ट प्रभावकारी नभएपनि महानगरले भने आगामी दिनमा यहि अभियानलाई निरन्तरता दिदै सबै वटामा लैजोने योजना बनाएको छ । संकलित जैविक फोहोरको करिब ६० प्रतिशतबाट कम्पोस्ट मल बनाउने, नकुहिने करिब ४० प्रतिशतमध्ये ३० प्रतिशत कवाडीको रूपमा पुनः प्रयोगका लागि बिक्री गर्ने र बाँकी १० प्रतिशत कामै नलाग्ने फोहोरवस्तुलाई मात्र अन्तिम व्यवस्थापनका लागि ल्यान्डफिल्ड साइटमा पु¥याउने महानगरको योजना छ । तीनै वडामा समेत कार्यान्वायन नभएको यो योजना कसरी सबै वडामा लागुहुन्छ त्यो शंकको घेरामा परको छ ।
पुरै उपत्यकामा उत्पादन दैनिक उत्पादन हुने फोहोर करिब १ हजार ४५ मेट्रिक टन छ । अत्याधिक मात्रामा उत्पादन हुने फोहोरको व्यवस्थापन चुनौतीपूर्ण बनिरहेको छ ।
कार्यक्रम निकम्मा बन्दा ‘यो कार्यक्रम प्रभावकारी नै भइरहेको र यसलाई महानगरका ३२ वटै वडामा लागू गर्ने योजनामा रहेको भन्न महानगरको वातावरण विभाग प्रमुख हरि श्रेष्ठ थाक्दैनन् । ‘मिसाउन नहुने फोहोर मिसाउने, सुर्तीजन्य फोहोर, जङफूटका खोल जस्ता कुरा फोहोरमा मिसाउनेलाई पाँच हजार देखि एकलाख सम्म जरिवाना गराउने नीति रहेको र सोही अनुसार कारवार्ही गर्ने गरेको बताएपनि अहिले सम्म कारर्वाही भोग्ने भने कमै छन् ।
हेल्लो मेयर, जञ्जाल मुक्त सडक सञ्जाल अनि नो माक्स सिटी जस्ता अनेकौँ नारा दिएर महानगरले कार्यक्रम ल्याउने गरेको छ । तर, प्रचारका लागि मात्र ल्याउने यस्ता कार्यक्रमले नगरवासीलाई केही दिन भ्रममा राख्ने अनि जनप्रतिनिधि विरुद्ध आक्रोस थप्ने काम मात्र गरिरहेको छ । यसले महानगर र जनप्रतिनिधिसँग नागरिकको विश्वास पनि टुटाइरहेको स्पष्ट बुझ्न सकिन्छ ।