टेलिकमले ४५ रुपैया नगद लाभांस दिने

टेलिकमले ४५ रुपैया नगद लाभांस दिने

पुस ८, काठमाडौं ।
नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) ले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई प्रतिसेयर ४५ रुपैयाँका दरले नगद लाभांश दिने प्रस्ताव गर्ने भएको छ ।
कम्पनीको सोमबार बसेको सञ्चालक समितिको बैठकले पुस २९ गते मंगलबार काठमाण्डौको त्रिभुवन आर्मी अफिसर्स क्लबमा १२ औं वार्षिक साधारणसभाबाट नगद लाभांश प्रस्ताव अनुमोदन हुनेछ ।
साधारणसभा प्रयोजनका लागि कम्पनीले पुस १५ गतेदेखि पुस २९ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । पुस १४ गतेभित्र कायम सेयरधनीहरुमाध साधारणसभा र लाभांशका लागि योग्य हुनेछन् । यसैगरी कम्पनीमा मौज्दातमा रहेको रकम बैंक तथा वित्तीय कम्पनी, धितोपत्र वा अन्य कम्पनीको सेयर तथा ऋण पूँजीमा लगानी गर्ने भएको छ ।
सभामा कर्मचारीका लागि दिइने भ्रमण भत्तासम्बन्धी विशेष प्रस्ताव पनि पारित हुनेछ । जसअनुसार रात बिताउनुपर्ने गरी नेपालभित्र भ्रमण गर्दा दैनिक भ्रमण भत्ताबापत २ हजार ५०० तथा बास खर्चबापत दैनिक २ हजार रुपैयाँमा नबढ्ने गरी बिल बमोजिमको रकम भुक्तानी दिइने कम्पनीले प्रस्ताव गरेको छ ।