April 18, 2021, Sunday
५ बैशाख २०७८, आईतवार

चिसो बढयोः काठमाडौमा यस वर्षकै सबैभन्दा चिसो

चिसो बढयोः काठमाडौमा यस वर्षकै सबैभन्दा चिसो

पुस ९, काठमाडौं ।
काठमाडौं उपत्यकासहित देशभर अत्यधिक चिसो बढेको छ । आज काठमाडौं उपत्यकामा यस वर्षकै सबैभन्दा कम तापक्रम मापन भएको छ । आज विहान उपत्यकाको तापक्रम ३ डिग्री सेल्सियस मापन भएको जल तथा मौसम विज्ञान विभागको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । मौसमी प्रणालीका कारण चिसो बढेको हो । महाशाखाका अनुसार अहिले देशका अधिकांश तराई क्षेत्रमा बाक्लो हुस्सु र कुहिरो लागेको छ । मध्य, पुर्व र पश्चिमका धेरैजसो पहाडी भू–भागको मौसम आंशिक देखि सामान्य बदली भएको छ । बेलुकीपख पश्चिमी भेगका हिमाली तथा उच्च पहाडी एक दुई स्थानमा हल्का हिमपात हुने विभागले अनुसमान गरेको छ ।