May 14, 2021, Friday
३१ बैशाख २०७८, शुक्रबार

भारतमा नागरिकता कानूनः झारखण्डमा मुख्य मन्त्रीकै कै पराजय

भारतमा नागरिकता कानूनः झारखण्डमा मुख्य मन्त्रीकै कै पराजय

पुस ९, काठमाडौं ।
भारतको सत्ताधारी भारतीय जनता पार्टी (भाजपा) ले पूर्वी राज्य झारखण्डमा भएको विधान सभा चुनावमा नराम्रो हार ब्यहोरेको छ । सरकारले ल्याएको नागरिकता सम्बन्धी नयाँ कानुनविरुद्ध देशव्यापी रूपमा जारी विरोधकाबीच मतदान भएको र भाजपाका हार भएको भारतीय सञ्चारमाध्यमले जनाएको छन् । झारखण्डमा भाजपाको नेतृत्व गरिरहेका मुख्यमन्त्री रघुबर दास पनि हारेका छन् ।
झारखण्ड भारतको राज्य बनेको १९ वर्षमा अधिकांश समय भारतीय जनता पार्टीले सत्ता सम्हालेको थियो। उसले यसपटक भने नराम्रो सँग हार व्यहोरेको छ। निर्वाचन आयोगका अनुसार मुख्य विपक्षी दल भारतीय कांग्रेस पार्टी र उसको क्षेत्रीय गठबन्धनले ८१ सीटमध्ये ४६ स्थानमा जीत दर्ता गरेका छन्। जसमध्ये झारखण्ड मुक्ति मोर्चाले ३० सिट जितेको छ भने भारतीय कांग्रेस पार्टीले १६ स्थानमा जीत दर्ता गरेको छ। भाजपा भने २५ सीटमा समेटिएको छ

भाजपाले झारखण्डमा अपेक्षाकृत मत नपाउनुलाई मुसलमान समुदायको विरोधी भएको दावी गरिने नागरिकतासम्बन्धी नयाँ कानूनले प्रभाब परेको आलोचकहरूले बताएका छन् । विरोध प्रदर्शनका क्रममा १० दिनसम्म भएका झडपहरूमा भारतमा कम्तीमा २० जनाको मृत्यु भएको छ। यो वर्षको सुरुमा भएको संसदीय चुनावमा अत्यधिक बहुमत प्राप्त गरी विजयी भएको प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको भाजपा विधान सभा निर्वाचनमा निकै कमजोर देखिएको छ ।