श्रमिकसँग लाखौं रुपैयाँ असुल्ने गिरोह सक्रिय
०९ पौष, २०७६, काठमाण्डौ । सरकारले पछिल्लो समय केही रोजगार गन्तव्य मुलुकसँग गरेको शून्य लगातको सम्झौता कार्यान्वयन गर्न नसक्दा म्यानपावरले अवैध एजेन्ट खडा गरी श्रमिकसँग लाखौं रुपैयाँ असुल्ने गिरोह नै खडा गर्न थालेका हुन् ।
सरकारले म्यानपावरको एजेन्ट खारेजी, शून्य लागत र वित्तीय कारोबारमा औपचारिक माध्यम अनिवार्य गरेपछि केही व्यवसायी जसरी पनि श्रमिकसँग लाखौं असुल्ने दाउमा लागेको पाइएको छ ।
गुल्मी रेसुंगाका अनिल बिक, सन्दीप बिक, दीपकबहादुर सुनार र बराह नपा सुनसरीका सन्तोष विष्टसँग मलेसियाको साउदी अवरको प्लाष्टिक कम्पनीमा रोजगारीमा जान महाराजगञ्ज काठमाडौंस्थित लाइभ न्टरनेसनल ओभरसिजले चार लाख ५० हजारभन्दा बढी असुलेको पाइएको छ ।
यो समाचार आजको कारोबारमा गोपाल संग्रौलाले लेखेका छन् ।
प्रतिकृया दिनुहोस्