June 20, 2021, Sunday
६ असार २०७८, आईतवार

कञ्चन डेभलपमेण्ट द्वारा १० प्रतिशत बोनस शेयर र ६ प्रतिशत नगद लाभांश प्रस्ताव

कञ्चन डेभलपमेण्ट द्वारा १० प्रतिशत बोनस शेयर र ६ प्रतिशत नगद लाभांश प्रस्ताव

०९ पौष, २०७६, काठमाण्डौ । कञ्चन डेभलपमेण्ट बैंकको दशौं वार्षिक साधारण सभा कम्पनीको सभा होटेल ओपेरा, महेन्द्रनगर, कञ्चनपुरमा पुस २९ गते हुने भएको छ ।
सभाले १० प्रतिशत बोनस शेयर र ६ प्रतिशत नगद लाभांश प्रस्ताव पारित गर्नेछ । अन्य कुनै उपयुक्त बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने गाभिने तथा प्राप्ति गर्ने सम्बन्धी निर्णय गर्ने र आवश्यक सम्पूर्ण कार्य गर्ने जिम्मेवारी सञ्चालक समितिलाई दिनेछ ।
कम्पनीले पुस १५ गते एक दिन बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा पुस १४ गतेसम्म कायम शेयरधनीहरुले मात्र सभामा भाग लिन र लाभांश पाउन सक्नेछन् ।