नेपाल सेवाको पाँचौं साधारण सभा पुस २९ मा, बुक क्लोज कहिले ?

नेपाल सेवाको पाँचौं साधारण सभा पुस २९ मा, बुक क्लोज कहिले ?

०९ पौष, २०७६, काठमाण्डौ । नेपाल सेवा लघुवित्त वित्तिय संस्थाको पाँचौं वार्षिक साधारण सभा पुस २९ गते सिन्धुपाल्चोकमा हुने भएको छ । सभा बिहान ११ बजे शुरु हुने भएको हो ।
सभामा गत आर्थिक वर्षको मुनाफाबाट चुक्तापूँजीको २ दशमलव ५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनको लागि शून्य दशमलव १२५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने भएको छ । साधारण सभाको अन्य प्रस्तावमा कम्पनीले बोनस शेयर वितरण पश्चात कायम हुने चुक्ता पूँजीको १ बराबर १ अनुपातमा हकप्रद शेयर निष्कासन गर्ने, अन्य कुनै लघुवित्तसँग मर्जर अथवा एक्वीजिसन सम्बन्धी सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने, सञ्चालक समितिमा संस्थापकको तर्फबाट प्रतिनिधित्व गर्ने ३ जना सञ्चालकको निर्वाचन गर्ने सम्बन्धी प्रस्ताव पारित गर्नेछ ।
पुस १५ गतेसम्मका कायम शेयरधनीहरुले मात्र सभामा भाग लिन, बोनस तथा लाभांश पाउनेछन् । साधारण सभा प्रयोजनको लागि कम्पनीको शेयरधनी दर्ता पुस्तिका पुस १६ गतेदेखि २९ गतेसम्म बन्द हुनेछ ।