May 14, 2021, Friday
३१ बैशाख २०७८, शुक्रबार

नेपालीले पठाउने रेमिट्यान्स किन घट्दैछ ?

नेपालीले पठाउने रेमिट्यान्स किन घट्दैछ ?

०९ पौष, २०७६, काठमाण्डौ । नेपाल राष्ट्र बैङकको पछिल्लो तथ्याङक अनुसार विदेशमा कार्यरत नेपालीहरूले स्वदेश पठाउने रेमिट्यान्स तीन महिनामा अघिल्लो आर्थिक वर्षका तीन महिनाहरूको तुलनामा कम भएको देखिएको छ ।
यसको पछाडीको कारणमा लामो समयसम्म नेपाली कामदार मलेशिया नपठाएको , विदेशमा रहेका नेपाली कामदारले अनौपचारिक माध्यमबाट रकम पठाउने क्रम बढ्नु आदीले पछिल्ला महिनाहरूमा नेपाल भित्रिने रेमिट्यान्समा कमी आएको हुनसक्दछ. ।
चालु आर्थिक वर्षको कात्तिक महिनासम्ममा कुल तीन खर्ब चार अर्ब सन्ताउन्न करोड रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको छ । यो गत वर्षको यसै अवधिको तुलनामा २.३ प्रतिशत कम हो ।
लामो समय मलेशियामा कामदार जान नपाउनु, हुन्डी र सुनको प्रयोग हुनु यसको मुख्य कारण हुन सक्छ ।
यदी रेमिट्यान्स यसरी नै घट्ने क्रम जारी रहीरहे नेपालको अर्थतन्त्रमा नै नकारात्मक असर पर्नसक्ने कतिपय विज्ञहरूको धारणा छ । त्यसलाई कम गर्न सरकारले तत्कालै कदम चाल्नुपर्नेछ रेमिट्यान्स कम भएको र अनौपचारिक माध्यमबाट रकम आएकोबारे सरोकारवालाले ध्यान दिनुपर्छ ।