May 13, 2021, Thursday
३० बैशाख २०७८, बिहीबार

एभरेष्ट बैंकको ४ लाख कित्ता शेयर सूचीकृत

एभरेष्ट बैंकको ४ लाख कित्ता शेयर सूचीकृत

०९ पौष, २०७६, काठमाण्डौ । एभरेष्ट बैंकको चार लाख कित्ता साधारण शेयर मङ्गलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ ।
बैंकले प्रत्येक तीन वर्षमा २० प्रतिशतका दरले साधारण शेयरमा परिणत गर्दै आएको छ । असोज ९ गते बैंकले अग्राधिकारबाट साधारण शेयरमा परिणत गरेको थियो ।
बैंकले जारी गरेको कुल २० लाख कित्ता अग्राधिकार शेयरमध्ये हालसम्म १६ लाख कित्ता साधारण शेयरमा परिणत भईसकेको छ । बैंकले यस पटकसम्म चौंथो पटक अग्राधिकार शेयर साधारण शेयरमा परिणत गरिसकेको छ । अब बाँकी ४ लाख कित्ता शेयर प्रावधान अनुसार आगामी ३ वर्षपछि मात्र सर्वसाधारणमा परिणत हुनेछ ।