०९ पौष, २०७६, काठमाण्डौ । नेपाल स्टक एक्सचेन्जको अनलाइन प्रणालीबाट पहिलो पटक ठूलो संख्यामा ऋणपत्रको कारोबार भएको छ ।
बुधबार एक बैंकले अर्को बैंकलाई आधार मूल्य भन्दा ३७ रुपैयाँ घटाएर ऋणपत्र बिक्री गरेको हो ।
सानिमा बैंकको ‘सानिमा २०८५नामको ‘कर्पोरेट डिवेन्चर’ ऋणपत्र खरिद बिक्री भएको हो । बुधबार प्रति डिवेन्चर ९६३ रुपैयाँको दरमा ५० हजार कित्ता खरिद बिक्री भएको हो ।
ऋणपत्रको चार करोड ८१ लाख ५० हजार रुपैयाँको खरिद बिक्री भएको हा े।
ं