April 13, 2021, Tuesday
३१ चैत्र २०७७, मंगलवार

उपत्यकामा मात्रै आठ दिनमा १५ हजार परे ट्राफिक कारवाहीमा

उपत्यकामा मात्रै आठ दिनमा १५ हजार परे ट्राफिक कारवाहीमा

पुस ९, काठमाडौं ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाले यतिखेर ३ महिने ‘ट्राफिक उज्यालो अभियान’ चलाई रहेको छ । यस अन्तर्गत विशेष मोवाइल चेकिङ कारवाही गर्दे आएको छ । सडक प्रयोगकर्ताहरुमा ट्राफिक नियम सम्बन्धी जिम्मेवारी बोध गराउन र कानुन कार्यान्वयनका लागि विशेष मोवाईल चेकिङ तथा कारवाही अभियान चलाएको ट्रफिक प्रहरीले उपत्यकामा पुसको पहिलो हप्ता अर्थात एक देखि आठ गते सम्म १५ हजार ४ सय ४४ सवारी साधन र त्यस्का संचालक ट्राफिक प्रहरीको कारबाहीमा परेका छन् ।
सबैभन्दा धेरै सार्वजनिक सवारी साधनमा ढोका खुल्ला राखेर चलाउने १ हजार २२ सवारी चालक कारबाहीमा परेका छन् । त्यस्तै, सडकमा सवारी तथा पैदलयात्रीहरूलाई आवत जावतमा अवरोध हुने गरी पार्किङ गर्ने ९५०,लेन अनुशासन पालना नगर्ने ७९९, मा.प.से. सेवन गरी सवारी चलाउने ७९०, जथाभावी पिक एण्ड ड्रप गर्ने ६७०, साधनको अवस्था ठिक नभएको ५७०, सर्भिस लेन कारबाही मार्फत ५२९, हर्न बजाउने ५००, जेब्रा क्रसिङमा सवारी नरोक्ने २९५, सवारी जथाभवी सवारी मोड्ने २२९, बढी भाडा लिनेमा २४४, ट्याक्सी एकतर्फी (वान वे) मा चलाउने १८९ र क्षमता भन्दा बढी यात्रु बोक्ने २८ कारवाहीमा परेका छ । उनीहरूलाई सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ अनुसार जरिवाना हुनेछ । साथै महाशाखाले मंसिर महिनामात्रै ५३,१९३ सवारी चालकलाई कारवाही गरिसकेको छ । यस्तै, ३ महिने विशेष ट्राफिक उज्यालो अभियानमार्फत ७ हजार जना भन्दा बढीलाई सचेतना समेत प्रदान गरिएको छ महानगरीय ट्राफिक प्रहरी महाशाखा, रामशाहपथका प्रवक्ता प्रहरी उपरीक्षक जीवन कुमार श्रेष्ठले जानकारी दिए ।