June 20, 2021, Sunday
६ असार २०७८, आईतवार

राष्ट्र बैंकको नयाँ सर्कुलरः बैंकलाई दियो यस्तो निर्देशन

राष्ट्र बैंकको  नयाँ सर्कुलरः बैंकलाई दियो यस्तो निर्देशन

९ पुस, काठमाडौं ।

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय सस्थालाई कडा निर्देशन दिएको छ । बैंकहरुले दिदै आएको व्यक्तिगत घर तथा गाडी कर्जामा नेपाल राष्ट्र बैंकले थप कडा निर्देशन दिएको हो । बैंकले मंगलबार एक सूचना जारी गर्दै घर तथा गाडी कर्जामा कडाइ गरेको हो । राष्ट्र बैंकले ब्यक्तिगत प्रकृतिको आवाधिक कर्जा, घर कर्जा र हार्यर पर्चेज कर्जा प्रवाह गर्दा आम्दानीको ५० प्रतिशत भन्दा बढी किस्ता नबढ्ने गरि मात्र गर्न बैंकहरुलाई निर्देशन दिएको हो ।

बैंकले ऋणीको आय स्रोत खुल्ने प्रमाणित कागजात अनिवार्य बुझाउनुपर्ने तथा ऋणीले पेश गरेको स्रोतमा कर चुक्ता गरेको वा अध्यावधिक गरेको प्रमाणपत्रको आधारमा मात्रै आम्दानी गणना गर्न बैंकहरुलाई निर्देशन दिएको छ ।