June 17, 2021, Thursday
३ असार २०७८, बिहीबार

खण्डग्रस सूर्यग्रहण सोझैं आँखाले नहेर्न सुझाबः यस्तो छ कारण

खण्डग्रस सूर्यग्रहण सोझैं आँखाले नहेर्न सुझाबः यस्तो छ कारण

पुस १०, काठमाडौं ।
बिहान ८ बजेर ४२ मिनेट बाट सुरुहुने खण्डग्रस सूर्यग्रहण मूल नक्षत्र धनुराशिमा लाग्दै छ । बिहान १० बजेर १ मिनेटमा मध्यम अबस्थामा रहने बिहानै ११ बजेर ३१ मिनेटमा पूर्णरुपमा छोड्ने दक्षिण एसियाली ज्योतिष महासंघ नेपालले जनाएको छ । उक्त ग्रहणको अबधि २ घण्टा ४९ मिनेट सम्म रहने छ । ६ वटा ग्रहहरु एकैस्थानमा रहेर लाग्न लागेको ग्रहण हुनाले पनि विशेष रुमा हेरिरहेको छ । यो एकदमै दुर्लभ खगोलिय घटना हो ।
मूल नक्षत्र तथा धनु राशिमा लाग्ने ग्रहणको विभिन्न राशिमा पनि यसको प्रभाव पर्दछ । विशेषगरी धनु, वृश्चिक, तुला, सिंह, कर्कट, वृष, मेष, मीन, राशिमा जन्मिएका मानिसका लागि नकारात्मक प्रभाव पर्ने हुदा सावधानी अपनाउनु पर्ने देखिएको छ । ग्रहण हेर्न नहुने वताईएको छ । कन्या, मिथुन, कुम्भ तथा मकर राशिहुनेहरुका लागि भने विषेश फाईदा रहने । पुस ९ गते राति ८ बजेर ४२ मिनेट बाट नै बालक, बृद्द तथा रोगि वाहेकले भोजन गर्न नहुने शास्त्रमा उल्लेख गरिएको छ । एस्तो अबस्थालाई सुतक काल भनेर भनिएको छ । सुतक ग्रहण लाग्नु भन्दा १२ घण्टा अगाडि देखि नै सुरु हुने गर्छ । यस्तो ग्रहण नाङ्गो आँखा, समान्य चस्मा, एक्स्रे कागज जस्ता बस्तुको प्रयोग गरेर पनि नहेर्न सरोकार वाललाले सुझाब दिएका छन् । यस्लाई हिमाल चढदा लगायने विशेष चस्माले मात्र हेर्न सकिन्छ ।