१० दिनमा ३२ करोड धुमाउँदै फेरी उत्पादन शुरु

१० दिनमा ३२ करोड धुमाउँदै फेरी उत्पादन शुरु

पुस १०, काठमाडौं ।
चल्ला उत्पादन बन्द गर्दा १० दिनमा ३२ करोड रुपैयाँ बराबरको नोक्सानी बोहोर्दे बुधवारदेखि कुखुरा उत्पादन शुरु गरेको छ । लागतअनुसारको मूल्य नपाएको भन्दै गएको मंसिर २९ गतेदेखि उत्पादन बन्द गरेको सङ्घले बुधबारदेखि फेरि नियमित चल्ला उत्पादन सुरु गरेको हो ।
अहिले बजारमा जिउँदो कुराको मूल्य किलोको एक सय ८० रुपैयाँ र मासुको दुई सय ७० रुपैयाँ तोकिएको छ । बजारमा आपूर्ति कम हुँदा बजार मूल्य बढ्न सक्ने उनीहरुको भनाइ छ । एउटा चल्ला उत्पादनमा झण्डै ५५ रुपैयाँ लागत पर्ने भए पनि चल्लाको बिक्री मूल्य ३० रुपैयाँभन्दा कम मात्र पाइरहेको सङ्घको भनाइ छ । १० दिन उत्पादन बन्द गर्दा बजार राम्रो भए वा नभएको भन्नेबारे भने शुक्रकार देखि मात्रै थाहा हुने सङ्घको भनाइ छ ।