May 14, 2021, Friday
३१ बैशाख २०७८, शुक्रबार

पर्यटन बर्ष सफल पार्न मन्त्री भट्टराईको नगर प्रमुखसित आग्रह

पर्यटन बर्ष सफल पार्न मन्त्री भट्टराईको नगर प्रमुखसित आग्रह

काठमाडौँ, ९ पुस ।
सरकार घोषणा गरेको नेपाल भ्रमण वर्ष (२०२०) सफल बनाउँन कम्मर कसेर लागि परेको छ । सरकारले देश विदेशका कुटनीतिक नियोगलाई पर्यटन प्रबद्र्धनको लागि उत्पे्ररित गर्ने देखि देशमा रहेको सबै निकायलाई चुस्त दुरुस्त रुपमा राखेको छ । यही मेरोमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले नेपाल भ्रमण वर्षलाई सफल बनाउन आवश्यक सबै खालका तयारीका लागि काठमाडौं उपत्यकाभित्रका दुई महानगरपालिकासहित १८ वटै नगरपालिका प्रमुख, उपप्रमुख तथा प्रशासकीय अधिकृतलाई आह्वान गरेका छन् । मन्त्री भट्टराईले आफ्नै मन्त्रालयमा बोलाएर उपत्यकामा भ्रमणवर्ष सफल पार्न सबै तयारीका लागि सबै मेयरलाई आग्रह गरेका हुन् ।
आफ्नो÷आफ्नो भगिनी सम्बन्ध भएका विभिन्न मुलुकका नगरपालिकासँग सहकार्य गरेर त्यहाँका पर्यटक नेपाल ल्याउन आग्रह गर्दै मन्त्री भट्टराईले महानगरपालिका, नगरपालिका तहबाट गरिने अन्तराष्ट्रिय कार्यक्रम भ्रमण वर्षभरी नेपालमै गर्ने बातावरण बनाउपनि आग्रह गरे । भट्टराईले विश्व सम्पदा क्षेत्रमा परेका उपत्यकाका सात सम्पदा जोड्ने साइकल लेन बनाउने देखि, पर्यटक मैत्री सार्वजानिक शौचालय, रात्रिकालीन जीवन, मठ मन्दिरमा लाइटिङ, पदमार्ग निर्माण जस्ता कुरामा यहाँका स्थानीय निकायले बढी ध्यान भट्टराईले आग्रह गर्नु भएको छ ।
भ्रमण वर्षलाई सफल बनाउन महानगरपालिकाले गर्नुपर्ने सबै काममा आफूहरु तयार रहेको नगरपालिका प्रमुखले बताएका छन् । कार्यक्रममा बुढानिलकण्ठ, टोखा, भक्तपुर, महालक्ष्मी, किर्तिपुर, गोकर्णेश्वर, चागुँनारायण, तारकेश्वर, दक्षिणकाली, शंखरापुर, चन्द्रागिरी, नार्गाजुन, मध्यपुर ठिमी, सुर्य्विनायकलगायतका सबै नगरपालिकाका प्रमुख÷उपप्रमुखहरुले भ्रमण वर्ष सफल पार्न भइरहेका कामको जानकारी गराउनका साथै उद्घाटन समारोहलाई भव्य बनाउन सक्रिय सहभागिताको प्रतिवद्धता व्यक्त गरेका थिए ।