April 18, 2021, Sunday
५ बैशाख २०७८, आईतवार

महालक्ष्मी बैंकद्वारा दृष्टिविहिनलाई सेतो छडी वितरण

महालक्ष्मी बैंकद्वारा दृष्टिविहिनलाई सेतो छडी वितरण

पौष, १० काठमाडौं
महालक्ष्मी विकास बैंकको सामाजिक उत्तरदायित्व अन्तर्गत थापाथली शाखाले दृष्टिविहीन बालबालिका तथा युवाका लागि सहयोग गरेको छ । दृष्टिविहिनहरूको अधिकार सुनिश्चित गरी उनीहरूको वृत्ति विकासमा टेवा पु¥याउँदै सहज जीवनयापन गर्न सक्षम बनाउने उद्देश्यले स्थापित दृष्टिविहीन सहयोग केन्द्र नेपाललाई १०० थान फोल्डेड सेतो छडी हस्तान्तरण गरिएको बैंकले बताएको छ । दृष्टिविहीनलाई दैनिक क्रियाकलापका साथै हिँडडुलमा सघाउने उद्देश्यले बैंकले सेतो छडी प्रदान गरिएको हो ।