दोस्रो नेपाल मेडिकल टुरिजम एसिया समिट शुरुः उपचार गर्ने र गराउँन खोज्नेलाई अवसर

दोस्रो नेपाल मेडिकल टुरिजम एसिया समिट शुरुः उपचार गर्ने र गराउँन खोज्नेलाई अवसर

पुस ११ काठमाडौं ।
तपाई कुनै रोगको उपचार कसरी अनी कहाँ गर्ने भन्ने चिन्तामा हुनुहुन्छ ? या त स्वास्थ्य क्षेत्रमा रहेर कस्तो स्वास्थ्य प्रबिधीद्धारा विरामीको उपचार गर्ने भन्ने सोचमा हुनुहुन्छ ? अथवा विदेशी संयुक्त लगानीलाई नेपाल भित्राउने मैकाको खोज्दिमा हुनुहुन्छ ? यदी छ भने त्यस्को सहज समाधान तपाई हाम्रो घरआँगनमा नै आएको छ । आजदेखि काठमाडौंको होटल याक एण्ड यतीमा शुरु भएको नेपाल मेडिकल टुरिजम एसिया समिटले यस्को समाधान गरिरहेको छ । नेपाल, भारत, बंगलादेश, पाकिस्तान, मेनमार, जर्मन, अमेरिका लगाएतका विशेषज्ञ डाक्टर, स्वास्थ्य व्यवसायी तथा स्वास्थ्य प्राविधिकहरुको उपस्थिती यस्को समाधान भएको हो ।
भोलीसम्म चल्ने मेलामा चिकित्सक, नर्स तथा स्वास्थ्य प्राबिधिक तथा स्वास्थ्य व्यवसायिहरुबाट विभिन्न सल्लाह सुझाब लिन सकिने छ ।
नेपालमा मेडिकल टुरिजमको प्रचुर सम्भावना भएको र हालको स्वास्थ्यसेवा सुविधालाई चुस्त बनाई विदेशबाट उपचारको लागि बिदेशी प्रविधि, जनशक्ति तथा अस्पतालसँग सहकार्य गरी नेपाली अस्पताललाई अन्र्तराष्ट्रिय रुपमा प्रबद्र्धन गर्न यो समिट कोशेढुङगा हुने देखिन्छ । साथै विभिन्न रोगबाट ग्रसित भएर बस्ने जो कोहीलाई पनि सहज उपचार बिकल्प यो समिटले गरेको छ ।
बिदेशमा उपचार गर्न जाने नेपाली बिरामी मध्येमा ८० प्रतिशत भारत, १० प्रतिशत बैंकक÷ सिंगापुर तथा १० प्रतिशत अमेरिका, क्यानाडा जाने गरेको देखिन्छ । उपचारको लागि नेपालदेखि बाहिर जानेक्रमलाई रोक्नको लागि अस्पतालले गर्नुपर्ने भूमिका, गुणस्तरबृद्धि, सहकार्य तथा सहजताको लागि समेत समिटले ठुलो भुमिका खेल्ने नेपाल मेडिकल टुरिजम अर्गनाईजेशका प्रमुख कृष्ण पाण्डेको दाबी छ ।
मेडिकल टुरिजमको इतिहास हेर्नेहो भने छिमेकी देश भरतमा ९ बिलियन डलरको कारोबार गर्दछ । मेडिकलबाटै भारतले ठुलो मात्रामा रोजगार सृर्जना गरकोछ । भारत सरकारलेनै मेडिकल टुरिजम प्रबर्दन गर्दछ । स्वास्थ्य क्षेत्रलाई प्रबद्र्धन गर्न यससँग जोडिएका क्षेत्रहरु जस्तै मेडिकल ईन्सुरेन्स, क्यासलेस ईन्सुरेन्स पोलिसी, थर्ड पार्टी एड्मिनिस्ट्रशन (त्एब्), मेडिकल टुरिजम फेसिलिटेटर तथा एजेन्सी, मेडिकल ईमरजेन्सी रेस्क्यु एजेन्सीहरुलाई सुपरिवेक्षेण तथा रेगुलेटर गरी व्यवसायिक रुपमा अगाडि बडाउन नेपाल सरकारका सम्बन्धीत निकायले आफै ष्लष्तष्बतष्यल लिनुपर्ने हुन्छ । सरकारको साथभएमा उपचारको लागि बाहिरीने अरबौ रुपैया स्वदेशमै बस्दछ । बिदेशी पर्यटक बिरामीदेखि डलर आयत हुने हुँदा देशलाई बाह्य आर्थिक नोक्सानीबाट बचाउन सहयोग गर्दछ । मेडिकल टुरिजम बिकासको लागि नेपाल सरकारलेनै बार्षिक बजेट बिनियोजन गर्नुपर्ने अवस्थामा निजी क्षेत्रबाट नै यस्तो मेला आयोजना भएको हो ।
नेपालमा मेडिकल टुरिजमको बिकासको लागि एक्सप्लोर प्रोडक्टिभ चेम्बर अफ कमर्श तथा नेपाल मेडिकल टुरिजम अर्गनाईजेशनको संयोजकत्वमा संचालन भएको हो ।