April 18, 2021, Sunday
५ बैशाख २०७८, आईतवार

ग्रिनहिल सिटी समाजलाई कृषि विकास बैंकद्धारा डस्टबिन हस्तान्तरण

ग्रिनहिल सिटी समाजलाई कृषि विकास बैंकद्धारा डस्टबिन हस्तान्तरण

पुस १३, काठमाडौं

कृषि विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ग्रिनहिल सिटी समाज कागेश्वरी मनोहरा न.पा. वडा नम्बर ६, मुलपानी, काठमाडौंलाई ६० थान डस्टबिन हस्तान्तरण गरेको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्यायले समाजका अध्यक्ष बिश्वराज पौडेल (किरण) लाई आईतबार एक कार्यक्रमका बीच हस्तान्तरण गर्नुभएको हो । कार्यक्रममा बैकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्यायले बाताबरण संरक्षण लगायत विविध क्षेत्रमा बैंकले सहयोग गरिरहेको बताउनुभयो । समाजका अध्यक्ष बिश्वराज पौडेल (किरण)ले यस्तो सहयोगले समाजको सरसफाई कार्यमा थप सहयोग पुग्ने बताउंदै बैंक परिवारलाई धन्यवाद ब्यक्त गर्नुभयो । कागेश्वरी मनोहरा नगर वडा नम्बर ६ का अध्यक्ष श्री प्रकाश फुयालले आफ्नो वडा भित्रको सरसफाई कार्यमा सहयोग आएकोमा खुसी ब्यक्त गर्नुभयो ।
बि.स.२०६८ सालबाट ग्रिनहिल सिटी कोलोनीको रुपमा बिकास भईरहेको आवास क्षेत्र देशका विभिन्न जिल्लाबाट आई विभिन्न पेशा ब्यवसाय अंगाल्ने मानिसहरुको बसोबास भईरहेको सम्भवतः देशकै ठूलो र व्यवस्थित कोलोनी हो । करिब ३२० रोपनी जग्गामा फैलेको ८ सयसम्म घर रहने यो कोलोनमिा हाल करिब ४ सय घर तयार भई मानिसहरु बसोबास गरिरहेका छन् । बाकी घरहरु निर्माणधिन अवस्थामा रहेका छन् । ग्रिनहिल सिटी भित्र हाल सहकारी संस्था, जिम क्लब, योगा, डान्स, खेलकुख क्षेत्र, ग्रोसरी आदि रहेका छन् । कार्यक्रममा बैंकका उपमहाप्रबन्धक प्रताप सुवेदी, ३ नम्बर प्रदेशका निर्देशक सुन्दर खतिवडा, समाजका पदाधिकारीहरु लगायत समाजका सदस्यहरको उपस्थिति रहेको थियो ।