April 13, 2021, Tuesday
३१ चैत्र २०७७, मंगलवार

महुली लघुवित्तले सातौँ वार्षिक साधारणसभा पुस २६ गते , बुक क्लोज कहिले ?

महुली लघुवित्तले सातौँ वार्षिक साधारणसभा पुस २६ गते , बुक क्लोज कहिले ?

पुस १४ , काठमाडौँ
महुली लघुवित्तको सातौँ वार्षिक साधारणसभा पुस २६ गते सप्तरीस्थित केन्द्रीय कार्यालयमा हुने भएको छ ।
संस्थाले गत आर्थिक वर्षका लागि सेयरधनीहरुलाई चुक्तापुँजी १० करोड २० लाख रुपैयाँको २० प्रतिशतले हुन आउने २० करोड ४ लाख रुपैयाँबराबरको बोनस सेयर र ११.५७ प्रतिशतले हुन आउने १ करोड १८ लाख १० हजार ५८० रुपैयाँबराबरको नगद लाभांश (लाभांश करहित) वितरण गर्ने प्रस्ताव गरेको छ । गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई वितरण गर्ने भनी प्रस्ताव गरेको कुल ३१.५७ प्रतिशत लाभांश प्रस्ताब गर्नेछ । आज सोमबार (पुस १४) गतेदेखि बुक क्लोज हुदैछ ।