June 20, 2021, Sunday
६ असार २०७८, आईतवार

काँग्रेसमा देउवालाई दवाव दिदै पौडेल समुह

काँग्रेसमा देउवालाई दवाव दिदै पौडेल समुह

पुस १४, काठमाडौं ।
चरम आन्तरिक किचलोमा फसेको नेपाली कांग्रेसमा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले संस्थापनविरुद्ध दबाब मुलक कार्यक्रम गर्ने जनाएको छ । सभापति शेर बहादुर देउवाले गरेका पार्टी विधान विपरितका कार्यहरु नसच्एिसम्म बार्तामा समेत नवस्ने भन्दै पौडेल पक्षले कार्यकर्ता तहबाटै दवाव दिनेगरि कार्यक्रमहरु गर्ने जनाएको हो । वरिष्ठ नेता रामचन्द्र पौडेलले सभापति शेर बहादुर देउवाको एकलौटी कार्यशैली नसच्याएसम्म वार्ताको औचित्य नभएको बताउँदै आएको छ । केहीदिन भित्रै जिल्ला सभापतिहरुको भेला बोलाएर दवाव मुलक कार्यक्रम गर्न लागिएको हो । १४ औं महाधिवेशनलाई आफु अनुकुल पार्ने गरि विभागहरुको संख्या ४७ पु¥याउने, तरुण दलको म्याद थप, तथा केन्द्रीय पदाधिकारीहरुसहित सदस्यहरुको कार्यकाल एकवर्ष बढाउने संस्थापन पक्षको निर्णय विरुद्ध पौडेल पक्षले विरोध गर्दे आएको छ ।