April 13, 2021, Tuesday
३१ चैत्र २०७७, मंगलवार

धर्मपुत्रका रुपमा भित्रिएका रतन बने टाटा ग्रुपका शान र मानःउनका केही रोचक तथ्य

धर्मपुत्रका रुपमा भित्रिएका रतन बने टाटा ग्रुपका शान र मानःउनका केही रोचक तथ्य

पुस १४ , काठमाडौँ ।
एक सफल व्यवसायी, उद्यमी, लगानीकर्ता र परोपकारीको छवि बनाएका चर्चित बिजनेस टाइकुनले गत शनिबार मात्रै ८२ औँ जन्मदिन मनाए । रतन टाटा छिमेकी मुलुक भारतका हुन् । उनी १९३७ मा जन्मिएका हुन् ।
भारतको व्यवसाय क्षेत्रमा रतन टाटाले पुर्याएको योगदानको कदर स्वरुप उनी भारत सरकारको सर्वाेच्च नागरिक सम्मान पद्म विभूषण र पद्म भूषणबाट सम्मानित भइसकेका छन् ।
टाटा गुप्रका पूर्वअध्यक्ष रतन टाटाले आफ्नो जीवनकालमा थुप्रै उपलब्धि तथा उचाइ हासिल गरेका छन् । रतन टाटाले सन् १९९० देखि २०१४ सम्म टाटा गुप्रका अध्यक्ष भई काम गरेका थिए । सन् २०१६ अक्टोबरदेखि फेब्रुअरी २०१७ सम्म पुनः अन्तरिम अध्यक्ष भएका थिए ।
रतन टाटाको जीवनका केही रोचक पाटाहरु पनि छन् । यहाँ हामी टाटाका ती पाटाहरुलाई उजागर गर्ने कोसिस गर्दैछौँ ।
१. धेरैलाई थाहा नहुुन सक्छ कि रतन टाटा नवल टाटाका वास्तविक सन्तान होइनन् नवल टाटाले रतनलाई धर्मपुत्रका रुपमा घरमा भित्र्याएका थिए ।
३. गाडी निर्माता कम्पनी टाटा गुप्रका पूर्वअध्यक्ष रतन आफू पनि स्वयं गाडीका सौखिन छन् । उनीसँग अहिले लगभग ५०० गाडीको कलेक्सन छ ।
४. परोपकारी भावनाका धनी टाटा जनावरप्रेमी पनि हुन् । उनलाई जनावर पाल्ने सौख पहिलेदेखि नै थियो । उनका साथमा अहिले पनि दुइवटा पाल्तु कुकुर छन् । मुम्बईमा रहेको टाटाको मुख्यालयमा जनावर प्रवेशका लागि खाली स्थान नै छुट्याइएको छ ।
५. अदम्य साहस भएका रतन एक त्यस्ता भारतीय हुन् जसले सबैभन्दा पहिले एफ १६ फाल्कन सुपरसोनिक फाइटर विमान उडाएका थिए । उनले २००७ मा यो लडाकु विमान उडाएका थिए । – एजेन्सी