May 15, 2021, Saturday
१ जेष्ठ २०७८, शनिबार

उद्योग र व्यापार व्यवसाय सञ्चालन गर्न कानुनी समस्या

उद्योग र व्यापार व्यवसाय सञ्चालन गर्न कानुनी समस्या

पुस १४ , काठमाडौँ ।
राजस्व चुहावट नियन्त्रण गर्न ऐन, नीति नियम कार्यान्वयनमा देखिएका जटिलतालाई सहज बनाउन सम्बन्धित निकायको ध्यान जानुपर्ने आवश्यक रहेको छ । राजस्व चुहावट नियन्त्रण र उद्योग व्यापारमा देखिएका समस्या समाधान गर्न राजस्व अनुसन्धान विभाग, आन्तरिक राजस्व विभाग, भन्सार विभाग, उद्योग संगठन मोरङ र मोरङ व्यापार संघबीचको छलफल शनिवार सम्पन्न भएको छ ।
औद्योगिक क्षेत्रको उत्पादन वृद्धि भई व्यापारमा सन्तुलन ल्याउनका साथै मुलुकलाई समृद्ध बनाउने निजी क्षेत्रको भूमिका महत्वपूर्ण हुन्छ । शनिवार भएको छलफलमा भन्सार विभागका उपमहानिर्देशक श्यामप्रसाद भण्डारीले आयातमुखी अर्थतन्त्रलाई प्रतिस्थापन गर्दै समृद्ध राष्ट्र बनाउन सरकारसँगै निजी क्षेत्रसमेत बलियो हुनुपर्ने धारणा राखेका छन् ।
कार्यक्रममा उद्योग संगठन मोरङ र मोरङ व्यापार संघका पूर्वअध्यक्ष, निवर्तमान अध्यक्ष, कार्यकारिणी समिति सदस्य, जिल्ला नगर उद्योग वाणिज्य संघका अध्यक्ष एवं प्रतिनिधि, राजस्व अनुसन्धान कार्यालय इटहरी, भन्सार कार्यालय विराटनगर, आन्तरिक राजस्व कार्यालय विराटनगरका प्रमुख तथा उद्योगी व्यावसायीको सहभागिता थियो ।