April 13, 2021, Tuesday
३१ चैत्र २०७७, मंगलवार

काठमाडौंको न्यूनतम तापक्रम आज १.८ डिग्री सेल्सियस

काठमाडौंको न्यूनतम तापक्रम आज १.८ डिग्री सेल्सियस

पुस १४ , काठमाडौँ ।
केही दिनयता देशभर नै तापक्रम कम हुने क्रम छ । यसको प्रमुख कारण नेपालमाथिबाट जेट स्ट्रिम गइरहनु रहेको मौसमविदले जानकारी दिएका छन् । त्यसकै कारण उत्तर पश्चिमी क्षेत्रबाट नेपाल तर्फ चिसो हावा बहेको छ र देशभरि नै जाडो बढेको छ ।
चिसो हुने मौसमी प्रणाली सक्रिय नै रहे पनि अघिल्ला दिनको तुलनामा केही कमजोर भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आइतबार बिहान पौने ६ बजे काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम एक डिग्री सेल्सियस मापन भएको छ । तर आइतबारको तुलनामा सोमबार चिसो हावा बहने क्रम केही कम भएको छ ।आजको तापक्रम १.८ डिग्री सेल्सियस मापन गरीएको छ । तापक्रम घट्ने या यस्तै रहने क्रम केही दिन जारी रहने मौसमविदले बताएका छन् ।
देशभरका तराई क्षेत्रमा बाक्लो हुस्सु र कुहिरो लागेको छ ।