June 20, 2021, Sunday
६ असार २०७८, आईतवार

आज तत्कालिन राजा वीरेन्द्रको ७५ औं जन्म जयन्ती

आज तत्कालिन राजा वीरेन्द्रको ७५ औं जन्म जयन्ती

पुस १४ , काठमाडौँ ।
आज पुस १४ गते स्वर्गीय राजा वीरेन्द्र शाहको जन्मदिन । तत्कालिन राजा स्वर्गीय वीरेन्द्र शाहको ७५ औँ जन्मजयन्ती आज उनको सम्झना गरि मनाईंदै छ । राजतन्त्रवादीहरुले वीरेन्द्र शाहको जन्मदिनको अवसर पारेर आज विविध कार्यक्रमको आयोजना गर्दैछन् ।
शाहको जन्मजयन्तीको अवसर पारेर आज जावलाखेल चोकमा रहेको वीरेन्द्रको शालिकमा माल्यार्पणको कार्यक्रम समेत राखिएको छ ।
वीरेन्द्रको जन्म वि.सं.२००२ सालमा भएको थियो । वि.सं २०२८ सालमा उनी नेपालका राजा भएका थिए । वीरेन्द्रको २०५८ साल जेठ १९ मा राजदरवार हत्याकाण्डमा निधन भएको थियो ।

उक्त घटनामा रानी ऐश्वर्य, छोराहरु युवराज दीपेन्द्र, अधिकारकुमार निराजन, छोरी श्रुतिलगायत आफन्तको पनि त्यसबेला निधन भएको थियो । दरबार हत्याकाण्ड आजसम्म रहस्यमै रहेको ठानिन्छ ।
वि.स. २००२ साल पुस १४ जन्मिएका राजा वीरेन्द्रले २०४६ सालको जनआन्दोलनपछि प्रजातन्त्रको पुनर्बहाली गर्ने निर्णय गरेका थिए । त्यसपछि देशमा बहुदलीय व्यवस्था आएको थियो ।

तत्कालीन राजा वीरेन्द्रको जन्मजन्तीबारे राज्य बेखबर रहे पनि सामाजिक सञ्जालमा उनको परिवारसहितको तस्बिर छ्याप्छयाप्ती छ ।