April 13, 2021, Tuesday
३१ चैत्र २०७७, मंगलवार

बाख्राको दुधको प्रति लिटर हजार रुपैयाँ !

बाख्राको दुधको प्रति लिटर हजार रुपैयाँ !

पुस १४ , काठमाडौँ ।
झापाका एकजना बाख्रापालक किसानले बाख्राको दूधलाई आम्दानीको स्रोत बनाएका छन् । बिर्तामोड नगरपालिका–३ स्थित शिव कृषि फार्मका सञ्चालक दिनेश ओझाले बाख्राको दूधलाई गतिलो आम्दानीको स्रोत बनाएका हुन् ।
ओझाले एक महिनामा १० हजार रुपैयाँ बराबरको बाख्राको दूध बेचेका समाचार आजको कारोबार दैनिकमा छ । डेंगु रोग लागेका बिरामीका लागि भन्दै मानिस बाख्राको दूध लिन उनको फार्ममै पुग्ने गरेका छन् । तर, चिकित्सकले भने डेंगु लागेका बिरामीलाई बाख्राको दूध खुवाउनै पर्ने अनिवार्य नभएको बताएका छन् ।
एक डोजमा २ सय मिलिलिटर दूध दिने गरेको ओझा बताउँछन् । जसको मूल्य २ सय रुपैयाँ पर्ने उनले बताए । त्यसलाई हिसाब गर्दा बाख्राको दूध प्रतिलिटर एक हजार रुपैयाँ पर्न जान्छ ।
ओझाको फार्ममा उन्नत र स्थानीय जातका गरी ५९ वटा बाख्रा छन्। त्यसमध्ये ३० वटा माउले दूध दिन्छन् ।