ग्रिनहिल सिटी समाजलाई कृषि विकास बैंकद्धारा डस्टबिन हस्तान्तरण

ग्रिनहिल सिटी समाजलाई कृषि विकास बैंकद्धारा डस्टबिन हस्तान्तरण

पुस १४ , काठमाडौँ ।
कृषि विकास बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ग्रिनहिल सिटी समाज कागेश्वरी मनोहरा न.पा. वडा नम्बर ६, मुलपानी, काठमाडौंलाई ६० थान डस्टबिन हस्तान्तरण गरेको छ ।
बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्यायले समाजका अध्यक्ष बिश्वराज पौडेल (किरण) लाई आईतबार एक कार्यक्रमका बीच डस्टबिन हस्तान्तरण गरेका हुन् ।
२०६८ सालबाट ग्रिनहिल सिटी कोलोनीको रुपमा बिकास भईरहेको आवास क्षेत्र देशका विभिन्न जिल्लाबाट आई विभिन्न पेशा ब्यवसाय अंगाल्ने मानिसहरुको बसोबास भईरहेको सम्भवतः देशकै ठूलो र व्यवस्थित कोलोनी हो ।

बाताबरण संरक्षण लगायत विविध क्षेत्रमा बैंकले सहयोग गर्देै आइरहेको छ ।