April 18, 2021, Sunday
५ बैशाख २०७८, आईतवार

सिद्धार्थ बैंकले ‘महिला उद्यमशील कर्जा’ सञ्चालनमा ल्यायो

पुस १४ , काठमाडौँ ।
सिद्धार्थ बैंकले महिला उद्यमीहरुलाई लक्षित गर्दै १५ लाखसम्मको कर्जा सुविधा सहज रूपमा प्रदान गर्ने उद्देश्यका साथ ‘महिला उद्यमशील कर्जा’ योजना सञ्चालनमा ल्याएको छ । सो कर्जाका लागि नेपाल राष्ट्र बैंकद्धारा प्रधान गराईने सहुलियतपूर्ण कर्जा अनुसार बैंकले आफनो आधार दरमा २ प्रतिशत प्रिमियम थप गरी ब्याज लिनेछ र ६ प्रतिशत ब्याज अनुदान उपलब्ध गराउनेछ ।
यस कर्जा योजनामा ९० प्रतिशत सम्म फाइनान्सिङ सुविधा अधिकतम रू १५ लाख सम्म वार्षिक ६.०२५ सम्मको आकर्षक ब्याजदर, प्रशासनिक शुल्क नलाग्ने, अग्रिम भुक्तानी शुल्क नलाग्ने, सरल भुक्तानी सुविधा, ५ कार्य दिन भित्रै कर्जा स्वीकृत हुने यो कर्जा सिद्धार्थ बैंक र यूकेएड सक्षम एक्सेस टु फाईनान्स प्रोग्राम बीचको साझेदारी प्रोजेक्टद्धारा देशका साना तथा मझौला उद्यमहरुको वित्तीय पहुँचमा वृद्धि गर्न डिजाईन तथा सञ्चालन गरिएको हो ।
सिद्धार्थ बैंकले हाल देशभर १७६ वटा शाखा ४ एक्स्टेन्सन् काउन्टर सहित, १०१ शाखारहित बैंकिङ सेवा, १९७ एिटिएम र १,६०० भन्दा बढी पिवोस मेसिन मार्फत् उच्चस्तरिय बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।