May 14, 2021, Friday
३१ बैशाख २०७८, शुक्रबार

टेलिकमले ल्यायो नयाँ बर्षको लागि नयाँ अफर

टेलिकमले ल्यायो नयाँ बर्षको लागि  नयाँ अफर

काठमाडौँ । नेपाल टेलिकमले अंग्रेजी नयाँ बर्षलाई लक्षित गरेर आफ्ना ग्राहकका लागि थप सुविधा उपलब्ध गराउँने भएको छ । टेलिकमले बिक्री–वितरण गर्दै आएको नयाँ जीएसएम÷सीडीएमए प्रिपेड सिमकार्डमा ५० रुपैयाँको ब्यालेन्स उपलब्ध हुने गरेकोमा अब त्यही मूल्यमा ब्यालेन्स तथा थप सुविधा उपलब्ध हुने भएको छ । आगामी २०७६ पुस १६ अर्थात २०२० जनवरी १ देखि यसमा ब्यालेन्स तथा थप सुविधा उपलब्ध हुनेछ । नयाँ सिमकार्डमा १० रुपैयाँ ब्यालेन्सको रुपमा उपलब्ध हुनेछ भने ४० मिनेट टक टाइम अर्थात् कुराकानी गर्न, ६० एमबी डाटा चलाउन र २० वटा एसएमएस पठाउन सकिने छ ।
सिममा उपलब्ध १० रुपैयाँ ब्यालेन्सबाट जुनसुकै नेटवर्कमा कल गर्न, एसएमएस पठाउन वा डाटा चलाउन सकिने छ भने ४० मिनेट टक टाइम र २० वटा एसएमएस एक महिना भित्र नेपाल टेलिकमको नेटवर्कमा प्रयोग गर्न सकिने छ ।
यस अघि नै सिमकार्ड खरिद गरी एक्टिभ नगरेका ग्राहकहरुले २०७६ पुस १५ गते सम्म सिम एक्टिभेट गरेमा पुरानो व्यवस्था अनुसारको ब्यालेन्स ५० रुपैयाँ प्राप्त हुनेछ । पुस १६ गते वा सो भन्दा पछि एक्टिभेट गरेमा नयाँ व्यवस्था अनुसारको ब्यालेन्स १० रुपैयाँ तथा थप सुविधा प्राप्त हुनेछ ।