June 20, 2021, Sunday
६ असार २०७८, आईतवार

‘भिजिट नेपाल २०२०’ गीत सार्वजनिक

‘भिजिट नेपाल २०२०’ गीत सार्वजनिक

पुस १४ , काठमाडौँ ।
२० लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्यका साथ नेपाल सरकारले घोषणा गरेको ‘भिजिट नेपाल–२०२०’ लाई सफल पार्ने टेवा पु¥याउने उद्देश्यले तयार पारिएको गीत ’भिजिट नेपाल २०२०’ सार्वजनिक भएको छ ।
स्वदेशी तथा बिदेशी पर्यटकलाई सुन्दर शान्त नेपालबारे बुझ्न र चिनाउन सहजता हुनेगरी, नेपाली खाना परिकार गुन्द्रुक, सेल रोटी साथै मौलिक खनाका साथै नेपालका विभिन्न पर्यटकीय क्षेत्रको बारेमा गीतमा व्याख्या गर्नुका साथै त्यही अनुरुपको भिडियो तयार पारिएको छ ।
उक्त भिडियोलाई जोमसोम, लुम्बिनी, हिमालय रेन्ज, रारा,तिलोचो ताल, गोर्खा दरबार, साराङकोट, त्रिशुली लगायत पर्यटकिय क्षेत्रमा छायाँकन गरिएको छ ।
गीतमा गायक आनन्द कार्किको आवाज रहेको छ भने, क्यामेरा प्रेम लामा, ड्रोन राज पोखरेल, सम्पादन र निर्देशन टेकेन्द्र शाहको रहेको छ । गीतकार उरारा सलिन कार्किको शब्द रचना रहेको गीतमा सङ्गितकार हरी लम्सालले संगीत भरेका छन् । गीतलाई राज लामिछानेले अनुवाद् गरेका हुन ।
गीतको भिडियोमा उदय बिक्रम थापा,उरारा शलिन कार्की, मिस्टर नोरिओ मएड, पुर्णिमा लामा, हरि शाही, सुधा कार्कि, प्रतिमा थापालगायत कलाकारको अभिनय समेटिएको छ ।