April 13, 2021, Tuesday
३१ चैत्र २०७७, मंगलवार

अनुदानका बाबजुद् निर्यात ओरालो लाग्दै

अनुदानका बाबजुद् निर्यात ओरालो लाग्दै

पुस १४ , काठमाडौँ ।
आर्थिक वर्ष २०६८ र ०६९ देखि विभिन्न २६ वटा वस्तुमा सरकारले नगद अनुदान दिंदै आएको छ । नगद अनुदान पाउनेमा प्रशोधित चिया, कफी, अलैंची, पस्मिना, गलैंचा, सुनचाँदीका गरगहना, तयारी पोशाक लगायतका वस्तु रहेका छन् ।

पहिलो वर्ष १० करोड २८ लाख रुपैयाँ अनुदान दिएको सरकारले गत आर्थिक वर्ष ३६ करोड ७३ लाख रुपैयाँ वितरण गर्यो । यो आर्थिक वर्ष मंसीरसम्म २५ करोड ८६ लाख रुपैयाँसहित सरकारले आठ वर्षको अवधिमा २ अर्ब २४ करोड रुपैयाँ नगद अनुदान बाँडेको छ ।
अनुदानका बाबजुद् निर्यातमा भने उल्लेख्य प्रगती हुन सकेको छैन । अनुदान वितरण गरेकै वर्षदेखि लगातार दुई वर्ष तयारी पोशाकको निर्यात घटेको थियो । अनुदान वितरण नगर्दा आर्थिक वर्ष २०६७र०६८ मा ४ अर्ब ८ करोडको तयारी पोशाक निर्यात भएकामा अनुदान दिन थालेको वर्ष ४ अर्ब ६ करोडको मात्र कपडा निर्यात भएको थियो ।
पस्मिनाको निर्यात पनी अहिले ओरालो लाग्दै सात वर्ष अगाडिकै अवस्थामा पुगेको छ । आर्थिक वर्ष २०७२र०७३ मा २ अर्ब ८९ करोडको पस्मीना निर्यात भएकोमा गत वर्ष १ अर्ब ९१ करोडमा खुम्चिएको छ । अनुदान नदिएको वर्ष ३९ करोडका गरगहना निर्यात भएकामा त्यसपछि निर्यात लगातार ओरालो लागेको तथ्यांक छ ।
महालेखा परीक्षकको लेखापरीक्षण प्रतिवेदनदेखि विश्व बैंकको अध्ययनले निर्यातमा अनुदान प्रभावकारी नभएको निष्कर्ष निकालेका छन् । राजनीतिक दल निकट र ठूला उद्योगी वाहेकले नगद अनुदान पाएकै छैनन् । जसका कारण उत्पादन नै वृद्धि हुन नसकेको असर निर्यातमा परेको हो ।
व्यापार घाटा कम गर्न सरकारसँग निर्यात बढाउनुको विकल्पै छैन । यसका लागि अनुदानमा टाठाबाठाको रजाईं अन्त्य गरि निर्यातजन्य वस्तु उत्पादन गर्ने ठूलो हिस्सालाई प्रोत्साहित गर्न सक्नुपर्छ ।