May 13, 2021, Thursday
३० बैशाख २०७८, बिहीबार

कुलमान र डाक्टर रुइतले पाए यस्तो ठुलो सम्मान

कुलमान र डाक्टर रुइतले पाए यस्तो ठुलो सम्मान

पुस १४ , काठमाडौँ ।
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र तिलगंगा आँखा अस्पतालका प्राध्यापक डाक्टर सन्दुक रुइतले हेमबहादुर मल्ल सम्मान पुरस्कार पाएका छन् । शनिबार काठमाण्डौमा आयोजित एक समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुनका हातबाट दुबैले यो पुरस्कार हात पारेका हुन् ।

साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको सहयोगमा नेपाल जनप्रशासन संघद्वारा स्थापित यो सम्मानको राशी २ लाख रुपैया रहेको छ । उर्जाको क्षेत्रमा महत्वपुर्ण योगदान पुर्याएको भन्दै कुलमानलाई विक्रम सम्बत २०७३ सालको पुरस्कार दिँदा आँखा उपचारमा योगदान पुर्याउने डाक्टर सन्दुक रुइतलाई २०७४ सालको सम्मानद्वारा सम्मानित गरिएको हो ।
यस कार्यक्रममा उपराष्ट्रपति पुनले घिसिङ र डाक्टर रुइत जस्तै सबै इमानदार र कर्मठ भए देश बन्न समय नलाग्ने पनी बताएका थिए ।