April 18, 2021, Sunday
५ बैशाख २०७८, आईतवार

तालीको गडगडाहटसँगै रमाइन् आशा भोसले

तालीको गडगडाहटसँगै रमाइन् आशा भोसले

पुस १४ , काठमाडौँ
भारतिय चर्चीत गायिका आशा भोसलेले शनिबार साँझ राजधानीमा साधना कला केन्द्रको आयोजनामा भएको म्युजिकल जर्नी अफ रन्जित गजमेर विथ आशा भोसले कार्यक्रममा आफना गीतहरु प्रस्तुत गरेकी छिन् । उनले उक्त कार्यक्रममा मोहनी लाग्ला है, झरी बनी आएछ सावन, किन बढ्दैछ ढुकढुकी मेरो, आदी गीत गाएकी थिइन् ।

त्यस्तै उनले चर्चीत गीत भने चर्चीत गायक रामकृष्ण ढकालसंग गाइन् । उक्त कार्यक्रममा वरिष्ठ संगीतकार रन्जित गजमेरका दर्जन भन्दा धेरै गीतहरु प्रस्तुत गरिएको थियो ।
उनले प्रस्तुती दिँदा दर्शकदिर्घाबाट राम्रो तालीको गडगडाहट आइरहेको थिायो ।
उनी बुधबार नेपाल आएकी थिइन् भने सोमबार भारत फर्किनेछिन् ।