April 18, 2021, Sunday
५ बैशाख २०७८, आईतवार

खाने हैन त तरुल? हेर्नुहोस् तरुल सेवनका फाइदाहरु

खाने हैन त तरुल? हेर्नुहोस् तरुल सेवनका फाइदाहरु

पुस १४ , काठमाडौँ
अहिले तरुलको सिजन हो । त्यसैले हामीले आजभोली प्राय सबैको भान्सामा तरुल पाकेको देख्न सक्छौ । तरुल स्वादका लागी सेवन गरिने कन्दमुल हो । यो जमिनमुनी फल्ने गर्छ । तरुल प्राय सबैको भान्समा पाक्ने गर्छ ।
तरुललाई मानिसहरुले उसिनेर खान्छन् । त्यस्त,ै यसलाई पोलेर र दाल बनाएर पनी खान सकिन्छ । यसको महत्व माघे संक्रान्तीका दिन धेरै हुन्छ ।
यसको सेवन स्वस्थ्यको लागी लाभदायक हुन्छ । यसको सेवनले छाला र स्वासप्रश्वास सम्बन्धी समस्याबाट बचाउँछ । त्यस्तै यसमा भिटामिन बि पनी पाइन्छ । मुटु सम्बन्धी समस्याबाट बचाउन पनी यो लाभदायी हुन्छ साथै यसको सेवनले मस्तिष्कको बिकासमा लाभ पुग्छ ।