April 13, 2021, Tuesday
३१ चैत्र २०७७, मंगलवार

गरिमा बैंकको नयाँ शाखा सिमरामा विस्तार

गरिमा बैंकको नयाँ  शाखा सिमरामा विस्तार

पुस १५, काठमाडौँ ।
गरिमा विकास बैंकले शाखा विस्तार गर्ने क्रममा सोमवारदेखि जितपुर सिमरा उप–महानगरपालिका–२ मा सिमरा शाखा सञ्चालनमा ल्याएको छ । शाखाको उद्घघाटन नेपाल राष्ट्र बैंक, वीरगञ्जका निर्देशक राजनविक्रम थापाले गरेका हुन् ।
उद्घघाटनमा गरिमा विकासका सञ्चालक भूपेन्द्रबहादुर खड्काले बाराको औद्योगिक नगरी सिमरामा सञ्चालित शाखाबाट यस क्षेत्रको आर्थिक क्रियाकलाप सक्रिय हुने विश्वास व्यक्त गरे ।
उक्त शाखाबाट स्थानीय उद्योगी, बासिन्दा र सर्वसाधारण लाभान्वित हुने विश्वास लिइएको छ ।
हाल बैंकका देशभर ९० शाखा, ५१ एटीएम तथा गरिमा रेमिटका करीब १० हजार एजेन्ट सञ्चालनमा छन् ।