June 20, 2021, Sunday
६ असार २०७८, आईतवार

नेपाल भ्रमण वर्षको उद्धघाटन हुँदैः २०२० मा आउँछन् त २० लाख पर्यटक ?

नेपाल भ्रमण वर्षको उद्धघाटन  हुँदैः  २०२० मा आउँछन् त २० लाख पर्यटक ?

पुस १५, काठमाडौं ।
नेपाल सरकारले घोषणा गरेको ‘नेपाल भ्रमण वर्ष सन् २०२०’ भोली भब्य रुपमा सरकारले उदघाटन गर्दे छ । २०७४ साउन २९ गते नेपाल भ्रमण वर्ष–२०२० मनाउने घोषणा भएसँगै पर्यटन क्षेत्रमा नयाँ तरंग उत्पन्न भएको छ । आर्थिक वर्ष ०७५÷७६ को नीति तथा कार्यक्रमले पनि २० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको छ । अभियान सफल बनाउन सरकारी तथा निजी क्षेत्रबाट के–कस्ता तयारी भएका छन् त्यस्को लेखाजोखा भने कम भएको छ । तयारी त्यसअनुरुपको छैन, त्यसैले साँच्चिकै २० लाख पर्यटक आइपुग्छन् वा पूर्वानुमानको तथ्यांक मात्रै सार्वजनिक गरिएको भन्ने प्रश्न पेचिलो बन्दै गएको छ ।
पर्यटनमन्त्री योगेश भट्टराईलेसमेत एक लेखमार्फत २० लाख पर्यटक भित्र्यानउ असहज नभएको बताएका छन् । पर्यटन वर्ष २०२० लाई लक्षित गरी विदेशका प्रवद्र्धनात्मक कार्यक्रम र विज्ञापनहरुले पनि पर्यटक आगमन बढाउन ठूलो मद्दत पुग्ने दाबी सरकारको छ ।
सरकारले नेपाल भ्रमण वर्ष लक्षित गरी खरिद गरिएका नयाँ वाइडबडी जहाजहरु भ्रष्टाचार काण्डमा जेलिएपछि भने अनुसारले उड्न सकिरहेका छैनन् । मन्त्रालयका सहसचिव तथा प्रवक्ता घनश्याम उपाध्याय नियमित रुपमा पर्यटक आगमनमा भइरहेको वृद्धिदर अनुसार नै २०२० सम्म सजिलै १५ लाख पर्यटक आउने दाबी गर्छन् ।
शुरुवातमै नेतृत्वबिहिन
आम चूनौतीकाबीच पनि सरकार, पर्यटन व्यवसायी तथा आम पर्यटनकर्मीहरुले पर्यटन वर्षलाई सफल बनाउने ‘कसम’ खाइ नै रहेका छन् । उनिहरुको उक्त प्रतिबद्धताहरुलाई केही नेपालीहरु पनि सहयोगी बचन दिइरहेका छन् । तर, समग्र पर्यटन क्षेत्रको समन्वयकारी एक मात्रै संस्था नेपाल पर्यटन बोर्ड यतिबेला नेतृत्वबिहिन छ । खासगरी बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीको चारवर्षे कार्यकालअवधि सकिएकाले नेतृत्वबिहिन अवस्था देखा परेको हो । तर, जोशीको कार्यकाल कहिले सकिने भन्ने विषय जोशीको नियुक्तिसँगै पक्का भएको विषय हो । अहिलेसम्मको अधिकतम संख्याभन्दा दोब्बर पर्यटक भित्र्याउने महत्वाकांक्षी लक्ष्य अगाडि हुँदाहुँदै यो विषयमा सरकारको ध्यान दिउन जस्ले गर्दा लक्ष्यमा असरा पर्ने स्ष्ट छ ।
अर्को विषय पर्यटन वर्षलाई मात्रै ध्यान दिने र यसको व्यवस्थापनका लागि भन्दै सरकारले बनाएको भिजिट नेपाल २०२० को सचिवालयका समन्वयकर्ता सुरज बैद्यलाई पर्यटनकर्मीले रुचाएका छैनन् । व्यक्तिगत टिप्पणी भन्दा पनि समग्र नेपालको इज्जत, प्रतिष्ठा र सम्बृद्धिसँग जोडिएको विषयको नेतृत्वकर्ता सबैले रुचाएको हुनुपर्ने धेरै पर्यटनकर्मीको भनाई छ ।

अहिले कति पर्यटक नेपाल आउँछन्
नेपालमा भएको लामो गृहयुद्ध माओवादी जनयुद्ध सुरु भएको सन् १९९६ मा जम्मा ३ लाख ९३ हजार पर्यटकले नेपाल भ्रमण गरेको तथ्यांक छ । त्यसपछि ‘भिजिट नेपाल इयर १९९८’ मा वर्ष ४ लाख ६३ हजार पर्यटकले नेपाल भ्रमण गरेको पर्यटन मन्त्रालयको तथ्यांक छ भने सन् १९९९ करिब ५ लाखले नेपाल भ्रमण गरेका थिए । त्यसपछि सन् २००१ मा पनि करिब ३ लाख ६१ हजार पर्यटकले नेपाल भ्रमण गरेकोमा सन् २००२ मा पर्यटकको संख्यामा गिरावट आउँदै २ लाख ७५ हजारमा झरेको थियो । त्यसपछिको नेपाली राज्य व्यवस्थामा भएको परिवर्तनसँगै सन् २००७ मा ५ लाख २६ हजार पुगेको देखिन्छ भने सन् २०१५ मा नेपालमा आएको विनाशकारी भूकम्प र भारतीय नाकाबन्दीलगायतका कारणले पर्यटकको सख्यामा कमी आएको देखिन्छ । शान्तिसँगै देशमा पर्यटक आगमन बढ्दो छ । वृद्धि दर भने सीमित छ । त्यसो त सन् २०१७ मा झन्डै ११ लाख पर्यटक नेपाल आएका थिए हाल वार्षिक करिब १२ लाख पर्यटक आइरहेका छन् । विदेशी पर्यटक भित्र्याउने एकमात्रै हवाई मार्ग त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हो । सन् २०१८ मा हवाईमार्गबाट ९ लाख ६९ हजार र स्थलमार्गबाट दुई लाख ३ हजार गरी कुल ११ लाख ७३ हजार पर्यटक नेपाल भित्रिएका छन् । यतिका पर्यटक नेपाल आउँदा तयारी भने अझै फितलो छ । अहिलेकै जस्तो कमजोर पूर्वाधार, सेवासुविधा र प्रवद्र्धनले लक्ष्य अनुसार पर्यटक भित्र्याउन कठिन समेत देखिन्छ ।


छैन पर्यटकका लागि पूर्वधार
पूर्वधार एकातर्फ भ्रमण वर्षमा २० लाख पर्यटक नेपाल ल्याउने घोषणा गर्दै गर्दा ती पर्यटकका लागि चाहिने आवश्यक पूर्वाधार विस्तार भयो या भएन, मुख्य प्रश्न हो । त्यसो त सन् २०१७ मा झन्डै १० लाख पर्यटक नेपाल आएका थिए । दुई वर्षको अन्र्तरालमा पर्यटकको संख्या दोब्बर बनाउने चुनौती पनि छ । कतिपयले भ्रमण वर्ष घोषणालाई सरकारको महत्वाकांक्षी योजना भनिरहेका छन् । नेपालको पर्यटन क्षेत्रमा भारतको हिस्सा अग्रणी छ भने चीन र अमेरिकाबाट पनि पर्यटक आउने क्रम बढ्दो छ । हिजोका दिनमा नेपालमा पर्यटक सन्तोषजनक रूपमा आउने देशबाट अझ बढाउनुपर्ने र नयाँ क्षेत्रको खोजी पनि गर्नुपर्नेछ । भौगोलिक विविधताले भरिपूर्ण भएकाले नेपालमा पर्यटक आउन रुचाउँछन् पनि, तर ती पर्यटकका लागि उचित सुविधा दिनुपर्ने जिम्मेवारी हाम्रो हो । भ्रमण वर्षलाई सफल बनाउन सरकारले व्यवसायी सुरज वैद्यलाई यस अभियानको राष्ट्रिय कार्यक्रम संयोजकसमेत नियुक्त गरिसकेको छ ।
कमजोर तयारी
सरकारले यसअघि पनि विभिन्न तरिकाले नेपालमा भ्रमण गर्ने योजनाहरु सार्वजनिक गरेको थियो । २०७३ साललाई सरकारले आन्तरिक पर्यटन वर्षको रुपमा घोषणा गरेको थियो । तर, आवश्यक व्यवस्थापन गर्न नसक्दा भ्रमण वर्षले खासै सफलता प्राप्त गर्न सकेन ।
त्यतिबेला प्रत्यक्ष सम्बन्धित मन्त्रालय पर्यटन, नागरिक उड्डयन र संस्कृति र अर्थमन्त्रालयबीच समन्वय हुन नसकेको यर्थाथ हाम्रा बीचमा ताजै छ । पर्यटन मन्त्रालयले बनाएको निर्दे्शिकालाई स्वयं मन्त्रिपरिषद्ले पारित गर्न नसक्दा सरकारले नै घोषणा गरेको पर्यटन वर्षमा अघोषित आन्तरिक विवादजस्तै सृजना भयो । खासमा तत्कालीन अवस्थामा सरकारी तथा गैरसरकारी क्षेत्रमा काम गर्ने कर्मचारीलाई घुमफिर गर्नका लागि सातदिने भुक्तानीयुक्त बिदा (पेड–लिभ) दिइ कर्मचारीहरूमा पुनर्ताजगीसहित आन्तरिक पर्यटन प्रवद्र्धनमा समेत योगदान पुग्ने लक्ष्य राखिएको थियो । उक्त प्रस्तावको कार्यान्वयनमा सरकारका सबै निकायबीच नै तालमेल हुन नसक्नु दुखद विषय थियो । होटल व्यवसायी भने त्यत्रो संख्यामा पर्यटक भित्र्याउन अनुकुल मौसममा ‘क्याम्पिङ’ गर्नुपर्ने भए पनि त्यसमा कुनै सहकार्य र थालनी नगरिएको बताउँछन् । पर्यटनका लागि हवाई सेवापछिको होटल पूर्वाधार थप्न प्रोत्साहन गर्ने विषयलाई भने सरकारले बेवास्ता गरिरहेको उनीहरुको आरोप छ । ब्यवासयीहरु केबल हल्लामा मात्र पर्यटन ल्याउने भन्नु तर भौतिक संरचनामा ध्यान नदिनुले पनि पर्यटन बर्षमा सरकार कमजोर रुपमा प्रस्तुत भएको आरोप लगाउँछन् ।
स्थानीय तहसँग समन्वय खै?
तीन तहको सरकारका अधिकांश काम कामकारबाहीमा अझै स्पष्टता छैन । संविधानले स्थानीय तह र प्रदेशलाई दिएका कतिपय अधिकारहरुमाथि पनि संघीय सरकार हाबी भइरहेको प्रष्ट देख्न सकिन्छ । नेपाल भ्रमण वर्ष २०२० मा पनि तीन तहका सरकारले कसरी समन्वय गर्ने भन्ने विषय स्पष्ट छैन । खासगरी पर्यटकहरुलाई लाग्ने शुल्क तथा अन्य जिम्मेवारीका विषयमा को जिम्मेवार हुन्ने भन्ने विषयको अन्योलता चिर्न सरकारले अझै काम गर्न सकेको छैन ।

आधारभूत शर्तमा पनि ‘कम्प्रमाइज’
पर्यटकहरु घुम्न जानुको पहिलो कारण नै रमाइलो गर्न तथा एक अर्को समाज तथा देशको बारेमा नयाँ अनुभव लिनु हो भने अर्को कारण अध्ययन तथा अनुसन्धान गर्नु हो । नेपाल आउने पर्यटकहरु पनि यिनै कारणहरु सहित आउने गर्छन् । यसरी घुम्न आउने पर्यकहरुका लागि आधारभूत स्तरका आवश्यकता पूरा गर्नु नेपालको पनि आधारभूत दायित्व हुन आउँछ ।

तर, आम मानिसका लागि आधारभूत ‘शर्त’ का रुपमा रहेका शुद्ध खानेपानी, सफा चर्पी तथा स्वस्थ्य खानेकुरामा नै पर्यटकहरुले कम्प्रमाइज गर्नुपर्ने बाध्यता नेपालसँग छ । यसमा पनि चर्पी र वातावरणीय सरसफाईका् समस्या झनै टड्कारो समस्याका रुपमा देखा परेको छ । नेपाल नै खुल्ला दिसा मुक्त घोषणा भइसकेको सन्दर्भमा पनि पर्यटकीय क्षेत्रमा सार्वजनिक शौचालयको प्रयाप्त व्यवस्थापन छैन । जसका कारण पर्यटकहरुले गम्भीर सास्ती व्यवहोर्नुपरेको पर्यटनकर्मीहरु बताउँछन् ।
आय खस्कदो
पर्यटकको संख्यामा वृद्धि भए पनि खर्च र बसाइ दिन खस्कँदो छ । सन् २०१७ मा प्रतिदिन औसतमा ५४ डलर खर्च हुन्थ्यो । सन् २०१८ मा ४४ डलरमा ओर्लियो । यो तथ्यसँगै अन्तराष्ट्रिय बजारमा नेपाल सस्तो गन्तव्यका रूपमा प्रचारित भएको प्रमाणित हुन्छ । यसले एकातिर सरकारलाई संख्या होइन, गुणस्तरमा जोड दिन सन्देश दिन्छ भने अकोतर्फ सस्तो आइटिनरी बेच्ने व्यवसायीलाई पनि सचेत गराउँछ ।

नेपाली पर्यटन क्षेत्रमा विस्तारै पर्यटकको संख्यामा भने बृद्धि भइरहेको छ । प्रविधिको विकास र विश्व समाजमै घुमफिरप्रतिको बढ्दो रुचीमा कारण विस्तारै नेपाली पर्यटन बजारले पनि उचाइ लिइरहेको छ । योसँगै सरकारले पनि पर्यटन क्षेत्रलाई आर्थिक सम्बृद्धिको मेरुदण्ड भनेर प्रचारात्मक शैलीमा अगाडि ल्याइरहेको छ । तर, पर्यटकलाई लागि आवश्यक आधारभूत आवश्यकता, पर्यटकीय पूर्वाधारमा भने स्वभाविक परिवर्तन बाहेक व्यापक सुधार हुन नसक्नु सुखद पक्ष होइन । यसर्थ, आधारभूत पूर्वाधारमा पनि कम्प्रमाइज गर्नुपर्ने सन्दर्भमा नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन चुनौतीका चट्टानहरु हाम्रासामू खडा छन् । तर, चूनौतीसँगै सम्बृद्ध नेपाल अभियानको ढोकाको ‘चाबी’ पाउने सपना पनि सरकारको छ ।

तसर्थ, यतिबेला ठूला कुराको पछि लाग्नु भन्दा पनि माथि भनिएको आधारभूत विषय चर्पी, शुद्ध खानेपानी तथा शुद्ध खानेकुराका विषयमा आम व्यवसायी, रेष्टुरेन्ट सञ्चालकहरुले पनि सहयोग गर्ने वातावरण सरकारले सृजना गर्नुपर्छ । योसँगै स्थानीय तहहरुलाई समन्वका लागि एकमुष्ठ सन्देश दिने वातावरण पनि संघीय सरकारले बनाउनुपर्छ । यो चट्टानी चूनौती र सम्भावनाकाबीच नेपालले पर्यटन वर्ष २०२० मा साँच्चै २० लाख पर्यटक नेपाल भित्र्याउनुछ । यसका लागि आम नेपालीको साझा प्रतिबद्धता चाहिएको छ ।


भ्रमण वर्षको सम्मुखमा पुराना गन्तव्यको सौन्दर्यकरण र गुणस्तर वृद्धिमा सक्रियता देखिएको छैन । पर्यटकीय गन्तव्य आसपासकै सडक वर्षौंदेखि निर्माणाधीन छन् । अन्तर्राष्ट्रिय उडान थपिन सकेका छैनन् । यही अवस्था रहे लामो ट्रान्जिटसहित विदेशी विमानबाट नेपाल आउने पर्यटकलाई यात्रा खर्च महँगो पर्न जानेछ । अर्कातफ उनीहरूले हवाई सेवामा खर्चिने ठूलो रकम विदेसिनेछ । भूकम्पले क्षति पु¥याएका सम्पदामध्ये कतिपय पुनर्निर्माणकै चरणमा छन् ।

सरकार पर्यटकीय वातारण बनाउन चुकेको छ । पदयात्रा र हिमाल आरोहणमा निस्किएका पर्यटकलाई बिरामी बनाई उद्धार गर्ने ‘फेक रेस्क्यु’ मा संलग्नलाई कारबाही गर्न सरकार सक्रिय हुन सकेको छैन । विदेशी बिमा कम्पनीले औपचारिक रूपमा उठाएका छन् । फेक रेस्क्युका कारण बिमा प्रिमियम महँगो मात्र भएन रिस्क जोनमा परेको छ । तालुकदारहरू भने यस्तो गम्भीर विषयलाई प्रचारबाजी मात्रै ठान्छन् ।