काठमाण्डौमै भयो यस्तोः छ वटा गाडीलाई एकसाथ ठक्कर दिँदै ट्यांकर घरमा घुस्यो

काठमाण्डौमै भयो यस्तोः छ वटा गाडीलाई एकसाथ ठक्कर दिँदै ट्यांकर घरमा घुस्यो

पुस १५, २०७६, काठमाण्डौ
काठमाडौं सोह्रखुट्टेमा आज बिहान बा ३ ख ९४५० नम्बरको एक पानी बोक्ने ट्यांकरले छ वटा गाडीलाई ठक्कर दिएको छ । ठक्कर दिने ट्यांकरको ब्रेक फेल भएर उक्त घटना भएको बताइएको छ ।

ट्यांकर मंगलबार बिहान गोल्फुटारबाट आइरहेको थियो । पानीले भरिएको ट्यांकर ओह्रालोमा ब्रेक फेल भएपछि पाँच गाडी र एक मोटरसाइकललाई ठक्कर दिदै घरमा समेत ठोक्किएको थियो ।
क्षति हुनेमा वीरबहादुर तामाङ र विषयजंग गुरूङको घर रहेको छ । ट्यांकर ठोक्किएको घरमा सामान्य क्षति भएको छ भने, मोटरसाइकल चालकलाई सामान्य चोट लागेको छ ।

ट्यांकरले चार वटा कार, एक बस र एक मोटरसाइकललाई एकसाथ ठक्कर दिएको हो ।