सानिमा बैंकले ल्यायो ‘डबल सौगात’ अफर

सानिमा बैंकले ल्यायो  ‘डबल सौगात’ अफर

पुस १५, २०७६, काठमाण्डौ ।
सानिमा बैंकले अंग्रेजी नयाँ वर्ष २०२० लाई लक्षित गरी डबल सौगात अफर सञ्चालनमा ल्याएको छ । बैंकले अफरअन्तर्गत विभिन्न छूट प्रदान गर्ने छ ।
अफरअनुसार बैंकले आफ्ना नयाँ तथा पुराना ग्राहकलाई तीन दिनका लागि आफ्ना डेबिट कार्ड र मोबाइल बैंकिङ लगायत डिजिटल बैंकिङ सेवामा जारी शुल्क नलाग्ने व्यवस्था गरेको छ ।
साथै, ग्राहकले दुवै सुविधा एकैसाथ उपभोग गर्दा रू. १०० को नेपाल टेलिकम वा एनसेलको टपअप पाउनेछन् ।
योजना पुष १५ देखि १७ गतेसम्मका लागि लागू गरिएको छ ।