मुक्तिनाथ विकास बैंक र टेस्ला डाएग्नोस्टिक क्लिनिक बीच सहकार्य

मुक्तिनाथ विकास बैंक र टेस्ला डाएग्नोस्टिक क्लिनिक बीच सहकार्य

१५ पौष २०७६, काठमाण्डौ ।
मुक्तिनाथ विकास बैंक लिमिटेड र टेस्ला डाएग्नोस्टिक क्लिनिकबीच बैंकका ग्राहकहरुलाई क्लिनिकको तोकिएका शुल्कमा विशेष छुट दिने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
सम्झौता पत्रमा टेस्ला डाएग्नोस्टिक क्लिनिकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रिन्कु श्रेष्ठ र मुक्तिनाथ विकास बैंक लि.का तर्फबाट सहायक नायव प्रमुख कार्यकारी अधिकृत तिलबहादुर गुरुङ्गले हस्ताक्षर गरेका छन ।
यस सम्झौता पश्चात मुक्तिनाथ विकास बैंकका भिसा डेबिट कार्डवाहक ग्राहकहरूले टेस्ला डाएग्नोस्टिक क्लिनिक, वालुवाटारमा उपचार गराउँदा तोकिएका विभिन्न सेवाहरुमा १० प्रतिशतसम्म छुट पाउने व्यवस्था गरिएको छ ।
मुक्तिनाथ विकास बैंकले हाल ४२ जिल्लामा १३४ वटा शाखाहरु मार्फत ग्राहकका आवश्यकता बमोजिमका सबै प्रकारका बचत निक्षेप तथा कर्जा सेवाहरु प्रदान गर्दै आईरहेको छ ।