April 13, 2021, Tuesday
३१ चैत्र २०७७, मंगलवार

सिटिजन्स बैंकद्वारा गाईघाटमा एटिएम सञ्चालन

सिटिजन्स बैंकद्वारा गाईघाटमा एटिएम सञ्चालन

१५ पौष २०७६, काठमाण्डौ ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले उदयपुरको गाईघाटस्थित श्री १८ नम्बर बाहिनी अड्डा, भुल्केमा ए.टि.एम. सेवा शुभारम्भ गरेको छ । श्री १८ नम्बर बाहिनीका बाहिनीपति सहायकरथी कृष्ण प्रसाद सापकोटाले उक्त ए.टि.एम सेवाको उद्घघाटन गरेका हुन् ।
शाखाहरुसँगको समन्वय, निगरानी, संस्थागत सुशासन, जोखिम व्यवस्थापन एवम गुनासो सुनुवाई जस्ता कार्यहरू छिटो, छरितो, चुस्त र दुरुस्त रूपमा सम्पादन गर्ने उद्देश्यले बैंकले सात वटै प्रदेशमा प्रादेशिक कार्यालयहरुको स्थापना गरिसकेको छ ।
८५ वटा शाखा, ८५ वटा ए.टि.एम. र १०२ वटा शाखारहित बैंकिङ्ग एकाईहरुबाट करिव पाँच लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आइरहेको छ ।