June 20, 2021, Sunday
६ असार २०७८, आईतवार

नयाँ वर्ष २०२० मा काठमाडौं मेरिएट होटलको छुट

नयाँ वर्ष २०२० मा काठमाडौं मेरिएट होटलको छुट

पुस १५, २०७६, काठमाडौं ।
नेपालको राजधानीमा अवस्थीत काठमाडौं मेरिएट होटलले नयाँ वर्ष २०२० को अवसरमा ग्राहकहरुलाई विशेष सुविधा र छुटका साथ आवासीय प्याकेज समावेश गरेको छ । साथै होटलले मुक्ति एण्ड रिभाइभल्सको लाइभ पर्फमेन्श, डीजे क्वीन र एक विशेष बेली डान्स कार्यक्रमको प्रत्यक्ष प्रदर्शनका साथ नृत्य र डाइनिंगको रमणीय साझँ बल रुममा आयोजना गरेको छ ।
आरामदायीक साझँ खोज्ने व्यक्तिहरुले होटलको मल्टी क्वीजीन रेष्टुरेन्ट ठमेल किचेनमा न्यू इयर इभ गाला डिनरमा सम्मिलित हुन सक्नेछन् र अनलिमिटेड बफेका साथ रातलाई उत्तम तरिकाले मनाउन सक्नेछन् । त्यसबाहेक आधुनिक एशियन रेष्टुरेन्ट एडमामेमा असाधारण क्वीलिनरी फेयरको आयोजना गरिनेछ जहाँ सेफ स्पेशल मेन्यू बाट ६ आधुनिक एशियन कोर्षहरु हुनेछ ।
साथै होटलले अतिथिहरुलाई अगाडि नै बुकिङ गर्न आग्रह समेत गरेको छ ।