April 18, 2021, Sunday
५ बैशाख २०७८, आईतवार

बाँसबारीमा हिमालयन बैंकको नयाँ काउन्टर

पुस १५, २०७६, काठमाडौं ।
हिमालयन बैंकको नयाँ काउन्टर काठमाडौ बाँसबारी स्थित शहिद गंगालाल हृदय रोग केन्द्रमा खुलेको छ ।
काउन्टरको उद्घघाटन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोकशम्शेर राणा र गंगालाल हृदयरोग केन्द्रका कार्यकारी निर्देशक डा. चन्द्रमणि अधिकारीले एक समारोहका बिच संयुक्त रुपमा गरे ।
उक्त समारोहमा महाराजगञ्ज शाखाका प्रमुख अभयबहादुर शाह, बैंक तथा अस्पातालका कर्मचारीहरुको बाक्लो उपस्थिति थियो ।
उक्त विस्तारित काउन्टरबाट सार्वजनिक बिदाबाहेक अन्य दिनहरुमा बिहान १०ः०० बजे देखि अपरान्ह ३ बजे सम्म ग्राहकवर्गहरुले नगद तथा चेकबाट कारोबार गर्न सक्नेछन् ।